तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह जनप्रतिनिधि चयनका लागि मतदान गरेका छन् ।

नेता पौडेलले तनहुँको सत्यवति माध्यामिक विद्यालयको केन्द्र ख बाट मतदान गरेका हुन् । नेता पौडेलले सत्यवती माविको मतदान केन्द्र ख बाट मतदान गरेका हुन् ।

मतदान गरेपछि नेता पौडेलले आफूले मतदान अधिकार प्रयोग गरेको भन्दै जनतामा आएको अधिकार प्रयोग गर्न आग्रह गरे ।

यस्तै, श्रममन्त्री कृष्णकुमार श्रेष्ठले पनि तनहुँकै व्यास नगरपालिका- ४ स्थित मदर्शा आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् । स्थानीय तहका प्रतिनिधि जनताको सेवक बन्नुपर्ने श्रममन्त्री श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *