म्याग्दे । नेकपा एमालेका टुकराज अधिकारी तनहुँको म्याग्दे गाउँपालिका-३ को वडाध्यक्षमा विजयी भएका छन् । शनिबार साँझ सार्वजनिक मतपरिणाम अनुसार ६ सय ६१ मत प्राप्त गरी अधिकारी वडाध्यक्षमा विजयी भएका हुन् ।
उनका प्रतिस्पर्धी नेपाली काग्रेसका बलराम भट्टराईले ५ सय ८७ मत प्राप्त गरेका छन् । यस्तै नेकपा माओवादी केन्द्रका लेखराज लामिछानेले ३८ मत मात्रै प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उक्त वडामा १ हजार ३३० मत खसेको थियो ।
यसैगरी खुल्ला सदस्यमा नेपाली काङ्ग्रेसका बालचन्द्र घिमिरेले ५८८, नेकपा एमालेका प्रकाश घिमिरेले ५७८, महिला सदस्यमा नेपाली काङ्ग्रेसकी जानकी थापा ५६३ र दलित महिला सदस्यमा नेकपा एमालेका सुनिता नेपाली ७१० मत प्राप्त गरी विजयी भएका छन् ।
गत २०७४ को निर्वाचनमा यो वडा नेपाली काग्रेसले जितेको थियो ।
यो पनि :
तनहुँको म्याग्दे गाउँपालिका-१ को वडाध्यक्षमा एमालेका मणिभद्र वाग्ले विजयी
तनहुँको म्याग्दे गाउँपालिका-१ को वडाध्यक्षमा एमालेका मणिभद्र वाग्ले विजयी