देवघाट । तनहुँको देवघाट गाउँपालिका-१ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । आइतबार बिहान सार्वजनिक मतपरिणाम अनुसार एमालेले वडाध्यक्ष सहित प्यानल नै जितेको हो ।

वडाध्यक्षमा नेकपा एमालेका मनिराज गुरुङ ८९८ मत प्राप्त गरी निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका मुक्तिलाल थापा मगरले ६३४ मत प्राप्त गरे ।

खुल्ला सदस्यमा एमालेकै बेलबहादुर गुरुङले ८८१, सुन्दर भुजेलले ८६३, महिला सदस्यमा मनमाया गुरुङले ८८४ र दलित महिला सदस्यमा नानुमाया विकले ८९५ मत प्राप्त गरी विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *