आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिका-६ को वडाध्यक्षमा नेकपा एमालेका दिलीप गुरुङ तीन मतान्तरले विजयी भएका छन् । गुरुङले ३९० मत पाएर वडाध्यक्षमा विजयी भएका हुन् ।
उनको प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका प्रविण गुरुङले ३८७ मत प्राप्त गरे । मतान्तर ३ को मात्रै रहेको छ ।
यस्तै खुल्ला सदस्यमा नेकपा माओवादीका कुलबहादुर गुरुङ ३४४, नेकपा एमालेका युवराज गुरुङ ३३९, महिला सदस्यमा नेकपा माओवादीका सुनकुमारी गुरुङ र दलित महिला सदस्यमा नेकपा एमालेका कमला परियार ३७४ मत प्राप्त गरी विजयी भएका छन् ।