भिमाद । तनहुँको भिमाद नगरपालिका-२ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका दिनेशकुमार थापाले १ हजार ५६१ मत प्राप्त गरी विजयी भएका छन । उनका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका भिमबहादुर थापाले ६५६ मत प्राप्त गरे ।

अन्तिम मतपरिणाम अनुसार एमालेले प्यानलै जितेको हो ।

खुल्ला सदस्यमा मेखबहादुर थापाले १ हजार ३४१, प्रेम रानाले १ हजार ३९८, दलित महिला सदस्य सुष्मा नेपालीले १ हजार ४७१ र महिला सदस्य स्यानीमाया थापाले १ हजार ४७८ मत प्राप्त गरी विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *