भानु । तनहुँको भानु नगरपालिका-३ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेपाली कांग्रेसका तुल कुमार गुरुङले ९०८ मत सहित विजयी भएका हुन् । उनका प्रतिष्पर्धी नेकपा एमालेका धन बहादुर लामाले ६०९ मत र राप्रपाका मोहमद मस्जिद मियाँले १८३ पाए ।

यस्तै महिला सदस्यमा प्रविना थापा मगरले ८०१ मत, दलित महिला सदस्यमा सन्तोषी सुनारले ८०६ मत, खुल्ला सदस्यद्वयमा अमित लामाले ८६४ मत र मेख राज गुरुङले ८१६ मत पाएर विजयी भएका छन् ।

भानु -३ मा १ हजार ८८७ मत खसेको थियो । यो वडाबाट मेयरमा कांग्रेसलाई ९२८ मत, एमालेलाई ६३५ मत र उपमेयरमा कांग्रेसलाई ७९३ मत र जोशी समुहका स्वतन्त्रलाई ४०७ गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *