शुक्लागण्डकी–११ को वडाध्यक्षमा एमालेका शालिकराम भट्टराई विजयी

Byकिरण श्रेष्ठ

५ जेष्ठ २०७९, बिहीबार ०७:३३ ५ जेष्ठ २०७९, बिहीबार ०७:३३ ५ जेष्ठ २०७९, बिहीबार ०७:३३

शुक्लागण्डकी । तनहुँको शुक्लागण्डकी नगरपालिका-११ मा गठबन्धनलाई हराउदै नेकपा एमालेका शालिकराम भट्टराई वडाध्यक्षमा निर्वाचित भएका छन् ।

बुधवार साँझ सार्वजनिक मतपरिणाम अनुसार भट्टराईले १ हजार १ हजार ३८ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी गठबन्धनकातर्फबाट एकिकृत समाजवादीका थमनबहादुर आलेले ८ सय ८० मत प्राप्त गरे ।

अध्यक्षमा नवनिर्वाचित भट्टराई वडाको सचिव पद त्यागेर वडाध्यक्षको उम्मेदवारी दिएका थिए । निकटतम प्रतिष्पर्धी आले निवर्तमान वडा सदस्य हुन् । २०७४ को निर्वाचनमा आले नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

खुल्ला महिला सदस्यमा एमालेबाट डोलमाया गुरुङले ९ सय ९२, दलित महिला सदस्यमा संगिता विकले ९३८ र खुल्ला सदस्यमा नेपाली काङग्रेसका गिरीराज थापाले ९ सय ८६ र नेकपा माओवादी केन्द्रका खिमलाल भण्डारीले ९ सय ६३ मत ल्याउदै विजयी भए । वडामा नेपाली काङ्ग्रेस, नेकपा माओवादी र नेकपा एकिकृत समाजवादीके गठबन्धन रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *