June 25, 2022

तनहुँ । तनहुँको व्यास नगरपालिकामा नेपाली काङ्ग्रेस विजयी भएको छ ।

व्यासको मेयरमा नेपाली काँग्रेसका उम्मेदवार वैकुण्ठ न्यौपाने विजयी भएका हुन ।​ उनले आफ्ना प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीलाई हराएर विजयी भएका हुन ।

न्यौपानेले १२ हजार ७८ मत ल्याएर मेयरमा विजयी हुँदा उनका प्रतिष्पर्धी जोशीले ११ हजार ८२६ मत पाएका छन ।

व्यासको मेयरमा न्यौपाने र जोशी बीच कडा टक्कर परेको थियो । अन्ततः न्यौपानेले २५२ को मतान्तरले नगरप्रमुखमा विजयी भए ।

यता उपमेयरमा कांग्रेसकी इन्दिरा दरै विजयी भएकी छिन । उनले आफ्नो प्रतिष्पर्धि नेकपा एमालेकी बसुन्धरा घर्तीलाई पराजित गरेकी हुन ।

अन्तिम मतपरिणाम अनुसार दरैले १३ हजार ४९८ मत ल्याएर विजयी हुँदा घर्तीले १० हजार ४२ मत मात्रै पाएकी छिन । दरै ३ हजार ४५६ मतान्तरले विजयी भएकी हुन ।

मतगणनाको सुरुवाती चरणमा स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले अग्रता लिएपनि पछि न्यौपानेले अग्रता बढाएका थिए ।

काँग्रेसका पूर्व नेता गोविन्दराज जोशीका जेठा छोरा दीपकराज जोशीलाई एमालेको सर्मथन थियो भने कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रिएको थियो ।

विजयी न्यौपाने व्यास नगरपालिकाको निवर्तमान प्रमुख हुन् ।

व्यास नगरपालिकामा कुल ४७ हजार ५४२ मतदाता रहेको मा ३० हजार २४७ मत खसेको थियो ।

शनिबार व्यास-६ को मतगणना सुरु भएपछि न्यौपानेको मतान्तर कम हुन थालेको थियो । शनिबार व्यास-१० को मतगणना सुरु भएपछी दिउँसो साढे ३ बजेपछि न्यौपानेले अग्रता लिएका थिए ।

व्यास नगरपालिकाको वडा नं १ देखि ९ सम्मको मतगणना हुँदा न्यौपाने जोशी भन्दा पछाडि रहेका थिए । ग्रामीण भेगको मतगणनामा न्यौपाने अगाडि बढेका थिए ।

१४ वटा वडा रहेको व्यास नगरपालिकामा काङ्ग्रेसले ११ वटा वडा जितेको छ ।

व्यास नगरपालिकाको वडा नं-१, २, ३, ६, ८ र ९, १०, ११, १२, १३ र १४ मा नेपाली काँग्रेस विजयी भएको छ ।

यता व्यास-४, ५ र ७ को वडाध्यक्ष नेकपा एमालेले जितेको छ ।

Leave a Reply

Your email address will not be published.

Holler Box