त्यसैगरी ऋषिङ गाउँपालिकाको अध्यक्षमा राजेन्द्रकृष्ण श्रेष्ठ र उपाध्यक्षमा गिनुमाया थापा दोस्रोपटक निर्वाचित भएका छन् । वि.सं २०७४ को स्थानीय तह निर्वाचनमा पनि दुवै जना निर्वाचित भएका थिए । उनीहरु नेपाली काँग्रेसका उम्मेदवार हुन् ।
यस्तै भिमाद नगरपालिकाकी उपप्रमुखमा शारदा खनाल यसपालिसमेत दोस्रो पटक निर्वाचित भएकी छन् । उनि नेकपा एमालेकी उम्मेदवार हुन् । यस्तै म्याग्दे गाउँपालिकाको उपाध्यक्षमा पुन: बालकृष्ण घिमिरे विजयी भएका छन् । उनी नेपाली काँग्रेसका उम्मेदवार हुन् ।
यसअघिका ४ प्रमुख/अध्यक्षले यसपटकको प्रतिस्पर्धामा पराजित हुनुपर्यो । त्यस्तै उपप्रमुख/उपाध्यक्षमा एक कार्यकाल बिताएर यसपालि पनि प्रतिस्पर्धाको अवसर पाएका १ जना पनि चुनाव जित्न असफल भएका छन् ।
म्याग्दे गाउँपालिकाको अध्यक्षमा कांग्रेसकी उम्मेदवार मायादेवी माया, बन्दिपुर गाउँपालिकाको अध्यक्षमा माओवादीका पूर्ण सिं थापा, आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा कांग्रेसका गिर बहादुर थापा र देवघाट गाउँपालिकाको अध्यक्षमा एमालेका दुर्ग बहादुर थापा यसपटकको चुनावी प्रतिस्पर्धामा पराजित भए । यस्तै बन्दिपुर गाउँपालिकाको उपाध्यक्षमा करुणा गुरुङ पनि दोस्रो पटक अवसर पाएर पनि चुनाव जित्न असफल भईन । उनि यसपाली आफ्नो प्रतिष्पर्धी सँग जम्मा २ मतले पराजित भईन ।
जिल्लाका ४ नगरपालिका र ६ गाउँपालिकासहित १० स्थानीय तहका प्रमुख/अध्यक्ष र उपप्रमुख/उपाध्यक्ष समेत निर्वाचित हुने २० सङ्ख्यामा १५ जना नयाँ अनुहार आएका छन् ।
भानु नगरपालिकाको प्रमुखमा आनन्दराज त्रिपाठी र उपप्रमुखमा उमा गोतामे, भिमाद नगरपालिकाको प्रमुखमा दधिराज सुवेदी, शुक्लागण्डकी नगरपालिकामा कृष्णराज पण्डित र उपप्रमुखमा खुम बहादुर विक, व्यास नगरपालिकाको उपप्रमुखमा इन्दिरा दरै नयाँ अनुहार हो ।
यस्तै म्याग्दे गाउँपालिकामा श्रीप्रसाद श्रेष्ठ, आँबुखैरेनी गाउँपालिकाको अध्यक्षमा शुक्र चुमान र उपाध्यक्षमा दुर्गा अर्याल, बन्दीपुर गाउँपालिकाको अध्यक्षमा सुरेन्द्र बहादुर थापा र उपाध्यक्षमा पन्चमाया गुरुङ, घिरिङ गाउँपालिकाको अध्यक्षमा होम बहादुर थापा र उपाध्यक्षमा राधादेवी अधिकारी, देवघाट गाउँपालिकाको अध्यक्षमा तिल बहादुर थापा र उपाध्यक्षमा भुवन सिं गुरुङ नयाँ अनुहार हुन् ।
निर्वाचितमा दलगत प्रतिनिधित्व हेर्दा प्रमुख/अध्यक्ष पदमा ५ नेपाली कांग्रेसले पाएका छन् । त्यसैगरी नेकपा एमालेले ४, नेकपा (माओवादी केन्द्र)ले एक जितेका छन् । त्यसैगरी उपप्रमुख/उपाध्यक्षमा नेपाली कांग्रेसले ५, नेकपा माओवादी केन्द्रले ३, नेकपा एमालेले २ जना निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लाका ८५ वडाका अध्यक्षमा सबैभन्दा बढी काँग्रेसले ४६ मा जित हात पारेको छ । एमालेले २८, माओवादीले ७ र ४ वडामा स्वतन्त्र उम्मेदवार विजयी बहेका छन् ।