June 25, 2022

तनहुँ । तनहुँको व्यास नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुलाई योजना तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । शनिबार भएको उक्त गोष्ठीको पुर्वसभामुख एवं कांग्रेस नेता रामचन्द्र पौडेल उद्घाटन गरेका थिए ।

सो अवसरमा बोल्दै नेता पौडेलले मानव कल्याण र प्रकृतिको संरक्षणमा केन्द्रीत रहेर विकास कामहरु अघि बढाउन जनप्रतिनिधिलाई सुझाव दिए ।

उक्त कार्यकममा गण्डकी प्रदेशका योजना तथा नीति आयोगका उपाध्यक्ष डा.रघुनाथ काफ्ले, विज्ञ डा.शेषरमण न्यौपाने, पूर्वाधार शाखालका प्रमुख डा.राजु पौडेलले योजना छनौट, कार्यकमको प्राथमिकीकरण, आव २०७८।७९ का कार्यक्रमको प्रगति विवरणका सन्दर्भमा प्रस्तुती दिएका थिए ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठनाथ न्यौपानेको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले स्वागत गरेका थिए ।

सो कार्यक्रममा गण्डकी प्रदेशलका आन्तरिक मामिला मन्त्री दोबाटे विश्वकर्मा, नगर उपप्रमुख इन्दिरा दरै, व्यास नगरपालिकाका १४ वटै वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published.

Holler Box