फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अब पेट्रोल प्रतिलिटर रु १७८

Byखवरबाटिका

२६ जेष्ठ २०७९, बिहीबार २२:१८ २६ जेष्ठ २०७९, बिहीबार २२:१८ २६ जेष्ठ २०७९, बिहीबार २२:१८

तनहुँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।

निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल, मट्टितेलमा १२/१२ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

निगमका अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ७८ र डिजेल र मट्टितेलको १ सय ६५ रुपैयाँ पर्ने छ ।

खाना पकाउने ग्यासको भाउ यथावत रहेको आयल निगमले जनाएको छ ।

भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

यसअघि जेठ १९ गते पूर्वाधार कर बराबर प्रतिलिटर १० रुपैयाँ पेट्रोल, डिजेल र मट्टितेलमा मूल्य समायोजन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed