तनहुँको भन्सारमा असार २० देखि दुई लाख राशीको भानु कप हुँदै

Byकिरण श्रेष्ठ

२६ जेष्ठ २०७९, बिहीबार २१:१० २६ जेष्ठ २०७९, बिहीबार २१:१० २६ जेष्ठ २०७९, बिहीबार २१:१०

तनहुँ । तनहुँको भानु नगरपालिका-१ स्थित भन्सारमा भन्सार युवा परिवारको आयोजनामा १५औँ राष्ट्रिय खुल्ला नकआउट भानुकप फुटबल प्रतियोगिता हुने भएको छ ।

उक्त प्रतियोगिता आगामी असार २० गतेदेखी २९ गतेसम्म हुनेछ ।

आदिकवी भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीको अवसरमा भानुकप फुटबल प्रतियोगिता आयोजना हुन लागेको प्रतियोगिताका प्रचार प्रसार संयोजक बिपिन श्रेष्ठले बताए ।

प्रतियोगितामा प्रथम हुने टिमले रु २ लाख रुपैयाँ सँगै मेडल, ट्रफी र प्रमाण–पत्र प्राप्त गर्नेछ भने द्वितीय हुने समूहले १ लाख रुपैयाँ, मेडल, ट्रफी र प्रमाण–पत्र पाउने छन् ।

तृतिय स्थानमा समावेश हुने टिमलाई रु २० हजार र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, अनुसासित टिम र हरेक खेलमा म्यान अफ द म्याचलाई बिशेष पुरस्कारले पुरस्कृत गरिने छ ।

टिम दर्ता आगामी असार ५ गतेदेखी १७ गते सम्म गर्न सकिनेछ भने टिम दर्ता शुल्क रु १२ हजार रहेको छ । यसैगरी असार २९ गते हुने छेलो तर्फ प्रथम पुरस्कार रु ५ हजार र प्रमाणपत्र रहेको छ भने दर्ता शुल्क रु २०० रहेको छ ।

२९ गते नै हुने बाघचाल तर्फ प्रथम पुरस्कार रु ६ हजार र प्रमाणपत्र रहेको छ भने दर्ता शुल्क रु २०० रहेको छ ।

वि.स. २०५९ सालमा स्थापित उक्त युवा क्लबले हरेक वर्ष भानु जयन्तीको अवसरमा युवालाई लक्षित गर्दै फुटबल, छेलो, बुद्धिचाल लगायतका विभिन्न खेलहरु संचालन गर्दे आइरहेको छ ।

गत २ वर्ष भने कोराना महामारीले गर्दा स्थगित भएको क्लबका अध्यक्ष अर्जुन श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *