तनहुँको बिमलनगरबाट सवारी दर्ता र लाइसेन्स वितरण हुने

Byखवरबाटिका

२६ जेष्ठ २०७९, बिहीबार १८:५२ २६ जेष्ठ २०७९, बिहीबार १८:५२ २६ जेष्ठ २०७९, बिहीबार १८:५२

तनहुँ । तनहुँको बन्दिपुर गाउँपालिका-४ स्थित बिमलनगरबाट अब सवारी दर्ता, लाइसेन्स वितरण लगाएतका काम हुने भएको छ ।

यसअघि बन्दिपुर-१  चिसापानिमा रहेको यातायात व्यवस्था कार्यालयमा सवारी दर्ता र बिलबुक नविकरण लगाएतको काम गर्दै आएको थियो ।

कार्यालयले यहि जेठ २५ बाट सवारी साधनको दर्ता गर्न सुरु गरेको कार्यालयका सूचना अधिकारी प्रदीप सापकोटाले जानकारी दिए ।

यसअघि यस क्षेत्रका सवारीसाधन दर्ताको लागि पोखरामा जानुपर्ने बाध्यता थियो ।

त्यस्तै उक्त यातायात व्यवस्था कार्यालय अब बिमलनगर सर्दैछ । सो कार्यालयले असार पहिलो साताबाट लाइसेन्स वितरण गर्ने तयारी गरेको छ ।

लाइसेन्सका लागि परीक्षा र ट्रायल लिने त्यसपछि पास गरेकालाई लाइसेन्स वितरण गरिने यातायात व्यवस्था कार्यालयका प्रमुख विष्णुबहादुर क्षेत्रीले जानकारी दिए ।

कार्यालयबाट लाइसेन्सको वितरण, नवीकरण, बिलबुक नवीकरण सेवा सुरु भएपछि तनहुँ, लमजुङ, गोरखा, मनाङका बासिन्दाले पोखरा, चितवन र काठमाडौं धाउनु पर्ने बाध्यता हट्ने विश्वास लिइएको छ ।

*सच्याइएको

-सम्पादक

Leave a Reply

Your email address will not be published. Required fields are marked *