तनहुँ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाले १५ श्ययाको अस्पताल संञ्चालन गर्ने भएको छ ।

गाउँपालिका कार्यालयले यसै आर्थिक वर्ष देखि आँबुखैरेनी स्वास्थ्य चौकीलाई आधुनिक अस्पताल बनाएर सेवाग्राहीलाई सेवा दिने योजना बनाएको छ ।

बर्थिङ सेन्टरको क्षेत्रमा उत्कृष्ट कार्य गर्दै आएको समेत गाउँपालिका कार्यालयले जनाएको छ ।

गाउँपालिकाले अस्पतालसंग सम्झौता गरी एमडिजिपी र एमबिएस गरेका विशेषज्ञ डा.ल्याउने लक्ष्य राखिएको छ ।

आँबुखैरेनी सहित गोरखा, लमजुङ सहित तनहुँको बन्दिपुर, भानु, देवघाट लगायतका पालिकाका बासिन्दालाई समेत सहज रुपमा प्रभावकारी सेवा प्रवाह गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए ।

यस्तै आँबुखैरेनी गाउँपालिकाले क्यान्सरका बिरामीलाई ५० हजार दिने निर्णय गरेको छ ।

गाउँकार्यपालिकाको बैठकले क्यान्सरका बिरामीलाई उपचारको लागी उक्त रकम दिने निर्णय भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।

साथै गाउँपालिकाले सरकारी, निजि क्षेत्र र आम जनसमुदाय को सहकार्य मा उपचार कोष खडा गर्ने समेत बताएको छ ।

उपचारमा ठुलो धनराशी खर्च हुने बिरामी लाई सहयोग गर्ने सोच राखेका चुमानले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *