तनहुँमा असोज २ गते पल शाहको मुद्धामाथि सुनुवाइ हुने

Byखवरबाटिका

२३ भाद्र २०७९, बिहीबार १०:५१ २३ भाद्र २०७९, बिहीबार १०:५१ २३ भाद्र २०७९, बिहीबार १०:५१

तनहुँ । जिल्ला अदालत तनहुँले अभिनेता पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइका लागि असोज २ गतेलाई पेसी तोकेको छ ।

मुद्दामा असोज २ गते सुनुवाइ हुने अदालतका श्रेष्तेदार मीनबहादुर कुँवरले जानकारी दिए ।

नाबालिगलाई बलात्कार गरेको आरोपमा पक्राउ परेर थुनामा रहेका अभिनेता शाहको मुद्दामा यसअघि १५ भदौमा सुनुवाई हुने भनिएको थियो । तर त्यस दिन न्यायाधीश केसी अनुपस्थित भएकाले सुनुवाइ हुन सकेन ।

उनीमाथि जिल्ला अदालत नवलपुरमा पनि मुद्दा थियो । तर नवलपुरले उनलाई बलात्कारको आरोपमा सफाइ दिँदै बाल यौन दुर्व्यवहारको अभियोगमा साढे २ वर्षको कैद सजाय तोकेको छ । त्यसविरुद्ध पलले उच्च अदालतमा जाने तयारी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *