तनहुँ । तनहुँको भिमादमा बलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । शुक्रबार राती जिल्लाको भिमाद नगरपालिका वडा नं ५ मिर्छुलुङ मडुवा स्थित ऋषिङ भिमाद भित्र सडक खण्डमा बलेओ दुर्घटना बहेको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटना हुदाँ बोलेरो चालक स्याङजा हरिनास गाँउपालिका वडा नं ५ बस्ने अन्दाजी ४० वर्षको केश बहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको
जिल्ला प्रहरी कार्यालय तनहुँका सुचना अधिकारी प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।
ऋषिङबाट भिमाद तर्फ आउदै गरेको ग ३ च २१२९ नम्बरको बलेरो आफै अनियन्त्रित भई सडकबाट २०-२५ फिट तल खस्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । सो घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
यस्तै शुक्रबार राती तनहुँको म्याग्दे गाउँपालिका वडा नं १ गुणादी स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सिमेन्ट लोड गरी धादिङबाट पोखरा तर्फ जादै गरेको ना ६ ख २७०७ नम्बरको ट्रक आफै अनियन्त्रीत भई सडक छेउमा पल्टिई दुर्घटना हुँदा ३ जना घाइते भएका छन ।
घाइते हुनेमा ट्रक चालक धादिङ स्थायी घर भई हाल तनहुँको म्याग्दे गाउँपालिका वडा नं २ जामुने बस्ने ४० वर्षिय अमिर खडका, ट्रकका हेल्पर धादिङ सिद्धलेख गाउँपालिका वडा नं २ नालाङ बस्ने ३७ वर्षीय कृष्ण रम्तेल र ट्रकमा सवार पाँचथर घर बताउने अन्दाजी १६ वर्षीय दिपेस लिम्बु रहेका छन् ।
घाईतेहरुलाई तत्काल उद्दार गरी उपचारको लागी दमौली अस्पताल पठाएकोमा थप उपचारको लागी गण्डकी मेडिकल कलेज पोखरा पठाइएको प्रहरीले जनाएको छ ।