म्याग्दे ७ को वडा कार्यालय भवन उद्घाटन

Byखवरबाटिका

३ आश्विन २०७९, सोमबार ०९:१९ ३ आश्विन २०७९, सोमबार ०९:१९ ३ आश्विन २०७९, सोमबार ०९:१९

वेलटार, तनहुँ । तनहुँको म्याग्दे गाँउपालिका वडा नं ७ को नवनिर्मित वडा कार्यलय भवन उद्घाटन भएको छ । म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले एक समारोहका वीच नव निर्मित वडा भवनको उद्घाटन गरे । ७ न वडा कमिटीका अध्यक्ष वसन्त कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको विशिष्ट अतिथीमा पालिकाका उपाध्यक्ष वालकृष्ण घिमिरे, प्रशाशकिय अधिकृत नारायण प्रसाद अधिकारी लगायत राजनैतिक नेतृत्वहरु रहेका थिए ।

कार्यक्रममा कार्यकारी अधिकृत नारायण प्रसाद अधिकारीले भुमि आयोगको काम सकेर निस्सा वितरण गर्ने वेलामा निर्वाचन आयोगले स्थगित गर्न निर्देशन दिएको र १३०३ जना भुमिहिन र अव्यवस्थितहरुलाई मंसिर पछि निस्सा दिईने बताए ।

यसैगरि भुमि वर्गिकरणको काम मंसिर २३ गते भित्र सक्ने गरि काम अगाडी वढाईएको, २०३० सम्म दिगो विकासमा नेपाल पुग्नुपर्ने र पालिका पनि सोही अनुरुप अगाडी वढेको, घरनम्वरलाई डिजिटलको प्रक्रियामा अगाडी वढाईएको, सार्वजनिक सुनुवाई निरन्तर गरिएको, शुसासनका लागी काम गरेको, अध्यक्ष सँग सुत्केरी कार्यक्रम, उपाध्यक्ष सँग विधुर र अपाङ्ग कार्यक्रम, सुत्केरीका लागी निशुल्क एम्वुलेन्स सेवा, कृषिका लागी हाते टयाक्टर, वीउविजन, हलगोरु जस्ता कार्यक्रम लागु गरिएको बताए ।

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले राजनिती पार्टीहरुले आफनो गतिविधि बढाउदाँ पारदर्शी तरिकाले गर्नुपर्ने बताए । विकास निर्माणका योजना आवश्यकताका आधारमा ईमान्दारितका साथ गर्नुपर्ने बताए ।

राजनितीकर्मीले आम जनताको आवश्यकतामा ध्यान दिनुपर्ने समेत उनले बताए । फरक प्रसगंमा उपाध्यक्ष घिमिरेले प्रदेश र संघिय सरकार सँग समन्वय गरेर पालिकामा आवश्यकताका विषयमा पहल गरेको बताए । खानेपानी, सडकमा संघिय सरकारबाट बजेट ल्याउन समेत पहल गरेको बताए । पालिकाको अस्तित्वलागी आफुले धेरै लडेको र पालिका स्थापनामा धेरै दुखका साथ यहाँसम्म आईपुगेको समेत उनले बताए । बिना पुर्वाधारको पालिका अहिले आएर धेरै काम भएको समेत बताए । जनता ईमान्दार हुने भने विकास निर्माण सम्भव भएको समेत बताए ।

यसैगरि पालिकका अध्यक्ष एवं प्रमुख अतिथी श्रीप्रसाद श्रेष्ठले सधै जनताको काम गरेको र सधै गर्ने समेत बताए । पालिका भित्र अनियमितता र भष्ट्राचार हुन नदिने र जनताका विश्वास लाई धोका नदिने समेत बताए । उपभोक्ताहरु सक्षम र ईमान्दार हुने हो भने १०, १५ लाखको काम हामी आफैले गर्न सकिने समेत बताए ।

अध्यक्ष श्रेष्ठले पालिकालाई समृद्ध वनाउन टुक्रे योजनाले सम्भव नहुने बताए । उत्पादन विना समृद्धी नहुने हुदाँ रेमिटान्सले देश नचल्ने बताए । विगतमा हाम्रो देशले विदेशमा नेपालको उत्पादन वेचेर आर्थिक उपार्जन गरेको तर अहिले आउँदा देश पुर्ण परनिर्भर वनेको हुदाँ उत्पादनमा लाग्न समेत उनले आग्रह गरे ।

१७ वटा टोल रहेको वडामा कार्यलय भवन नहुँदा सेवाग्राहीलाई सेवा दिन नसके सन्दर्भमा नयाँ भवन निर्माण पछि जनतालाई थप सर्वसुलभ रुपमा सेवा दिन वडा तैयार रहेका कार्यक्रमका अध्यक्ष एवं ७ नं वडाका वडाध्यक्ष वसन्त श्रेष्ठले बताए ।

करिव ४ रोपनी ६ आनामा वनेको वडा कार्यलयको भवनको कुल लागत ३९,४३,९९० रहेको र भवन निर्माण देउराली विल्डर्सले प्रा.लि. ले गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *