भानु । तनहुँको भानु नगरपालिका वडा नं १० कालिमाटीमा नगर स्तरीय अस्पताल बन्ने भएको छ ।
बुधबार ३०१औ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भानु नगरपालिकाका प्रमुख आनन्द राज त्रिपाठिले उक्त अस्पताल भवनको शिलान्यास गरेका छन ।
सो अस्पतालको शिलान्यास समारोह बोल्दै नगरप्रमुख त्रिपाठिले यस नगर स्तरिय अस्पताल निर्माण भए संगै बिरामिहरुले स्वास्थ सेवा लिनका लागि महँगो रकम खर्च गरेर काठमाडौ, पोखरा र नारायणगढ धाई रहनु नपर्ने बताए ।
नगरप्रमुख त्रिपाठीले अस्पताल निर्माण प्रक्रिया ढिलो सुरु भए पनि अब दूत गतिमा काम अगाडि बढाउन निर्माण कम्पनी संग आग्रह गरे ।
सो अस्पताल शिलान्यास कार्यक्रममा भानु १० का वडा अध्यक्ष हरिहर उप्रेती, निवतमान अध्यक्ष गोबिन्द शिलवाल र विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय हरुको उपस्तिती रहेको थियो ।
अस्पतालको किराँतेश्वर कन्सट्रक्सन एण्ड डिलिन कम्पनी प्रा.लिले ८ करोडमा निर्माण ठेक्का लिएको छ ।