तनहुँ जिल्ला पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा

Byखवरबाटिका

२५ जेष्ठ २०८०, बिहीबार १५:३१ २५ जेष्ठ २०८०, बिहीबार १५:३१ २५ जेष्ठ २०८०, बिहीबार १५:३१

तनहुँ । तनहुँ जिल्ला पूर्ण खोप सुनिश्चितता दिगोपन घोषणा गरिएको छ । स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले ० देखि १५ महिनासम्मका ४ हजार ८८५ बालबालिकाले नियमित रुपमा पाउनुपर्ने सबै खोप पाइसकेको बताए ।

१६ देखि ५९ महिनासम्मका ११ हजार ८०९ रहेकोमा सबै बालबालिकाले राष्ट्रिय खोप अनुरुप सबै खोप पाइसकेको अधिकारीले जानकारी दिए ।

स्वास्थ्यकर्मीबाट घरधुरी सर्वेक्षण गर्दा खोप लगाउने उमेर समुहका दुई जना बालबालिहरुले कुनै पनि खोप नलगाएको र १४४ बालबालिका बीचमै खोप लगाउन छाडेकालाई खोप पुरा गराई खोप पाउनबाट कुनैपनि बालबालिका नछुटेपछि पूर्ण खोप जिल्ला घोषणा गरिएको बताए ।

जिल्लाका ४ वटा नगरपालिका र ६ वटा गाउँ पालिकालाई पूर्ण खोप घोषणा पश्चात जिल्लालाई नै घोषणा गरिएको प्रमुख अधिकारीले बताए ।

जिल्ला पूर्ण खोप समन्वय समिति तनहुँद्वारा आयोजित उक्त कार्यक्रमको प्राकृतिक स्रोत तथा बित्त आयोग नेपालका सदस्य जुद्ध बहादुर गुरुङ्गले उदघाटन गरेका हुन् ।

सो अवसरमा बोल्दै गुरुङ्गले पूर्ण खोप जिल्ला घोषणा कार्यका लागि मुख्यतय तीन वटा इन्डिकेटर पूरा गरेको हुनुपर्ने बताए । गर्भबती महिलाले चार पटकसम्म स्वास्थ्य संस्थामा गर्भवती जाँच गरेका, घरमा नभई स्वास्थ्य संस्थामा सुत्केरी गराएको र पूर्ण खोप सुनिश्चितता पुरा गरेको हुनुपर्ने मापदण्ड रहेको उनले बताए ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय महाशाखाका प्रमुख डा.रमेश केसीले स्थानीय तहका जनप्रतिनिधी,स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयसेविकाको अनावरत प्रयासले अभियान सफल भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box