तनहुँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको मौरीबजार र तुरतुरे बजारको बिचमा पहिरो खस्दा राजमार्ग पूर्ण रुपमा बन्द भएको छ ।

बुधबार बेलुकी ६ बजेको समयमा पृथ्वी राजमार्ग सडकखण्डमा १५० मिटर माथिबाट सुख्खा पहिरो खसेर राजमार्ग सडक पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

उक्त पहिरो हटाउनको लागी जिल्ला प्रहरी कार्यालय तनहुँबाट कार्यालय प्रमुख प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्री समेतको बिपद् व्यवस्थापन प्रहरी टोली, ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँबाट प्रहरी निरीक्षक समेतको प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए ।

राजमार्ग सडक खुलाउनको लागी चाईनिज कन्ट्रक्सन, स्थानिय पालिका तथा अन्य मानिसहरु समेतको सहकार्यमा उक्त पहिरो हटाउने कार्य भईरहेको प्रहरीले जनाएको छ ।

तनहुँ हुँदै कास्कीको पोखरा तर्फ जाने साना तथा मझौला सवारी साधनहरुको लागी बैकल्पिक बाटो दमौलीको भोर्लेटार चोकबाट कलेस्ती-पोल्याङ हुदै कास्कीको लागी डाईभर्सन गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *