दमौली । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका १२ घाँसीकुवामा यात्रुबाहक बस दुर्घटना भएको छ ।

बुधबार बिहान करिव ६ बजेको समयमा भएको दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ भने ३४ जना घाईते भएको जिल्ला प्रहरी कार्यालाय तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाणले जानकारी दिए ।

        दुर्घटना भएको बस ।       तस्बिर : मदन तिमल्सेना

मृत्यु हुनेमा धनकुटा सागुरीगढी गाउँपालिका वडा नं ९ बस्ने ४५ वर्षीय हस्त राई र ठेगाना नखुलेको अन्दाजी ५०/५५ वर्षीय टोप बहादुर मगर  रहेको प्रहरीले जनाएको छ ।

राईको उपचारको क्रममा दमौली स्थित रत्नहरी मेमोरियल अस्पताल ६:३० र  मगरको उपचारको क्रममा दमौली अस्पतालमा ७:१५ बजेको समयमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

धरानबाट पोखरा तर्फ जाँदै गरेको ग १ ख ७८९५ नम्वरको बस अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अहिले दमौली अस्पतालमा धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ८ बस्ने २८ वर्षीय बिक्रम राई, ताप्लेजुङको याङबरक गाउँपालिका वडा नं ६ बस्ने २६ वर्षीय सचिन्द्र लिम्बु धनकुटाको सागुरी गाउँपालिका वडा नं ७ बस्ने ४२ वर्षीय राम प्रसाद राई, वडा नं ९ बस्ने २८ वर्षीय बोगिन्द्र राई, वडा नं ७ बस्ने ४५ वर्षीय टिकाराज राईको उपचार भईरहेको छ ।

यस्तै रत्नहरी मेमोरियल अस्पतालमा धनकुटाको साबरी गाउँपालिका वडा नं ७ बस्ने ३० वर्षीय हमाल प्रसाद राई, सोही स्थानका २९ वर्षीय संदिप राई, वडा नं ७ बस्ने ३५ वर्षीय लखमन राई, मोरङको बिराटनगर महानगरपालिका ४ बस्ने २६ वर्षीय आशिष शर्मा, धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ७ बस्ने ४५ वर्षीय सबिन राई, वडा नं ३ बस्ने ३६ वर्षीय नरेन्द्र न्यौपाने, सोही स्थानका २९ वर्षीय बिजय राई, वडा नं ७ बस्ने ४१ वर्षीय मनिराज राई, सप्तरीको महादेब गाउँपालिका वडा नं ६ बस्ने २३ वर्षीय बिजय यादब, सोही स्थानका १४ वर्षीय सुमन यादब, ४९ वर्षीय आश राई, ४६ वर्षीय तिर्थ राई, ४८ वर्षीय उदेश राई, ४२ वर्षीय सिताराम राई, ५२ वर्षीय शत्रुधन राई, २१ वर्षीय किरण राई, धनकुटाको चौबिसे गाउँपालिका वडा नं ७ बस्ने २४ वर्षीय सांसद लिम्बु, सागुरीगढी गाउँपालिका ९ बस्ने ४१ वर्षीय प्रशान्त राई र ४७ वर्षिय जय कुमार राईको उपचार भईरहेको छ ।

त्यस्तैगरी मणिपाल शिक्षण अस्पताल पोखरामा धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ९ बस्ने ३८ वर्षीय सन्तोष कुमार राई, कास्कीको पोखरा महानगरपालिका वडा नं ३१ बस्ने ४१ वर्षीय भोज राज सुनार, धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ८ बस्ने ४८ वर्षीय जुनार सिंह राई, वडा नं ७ बस्ने ४४ वर्षीय तिर्थ बहादुर राई, धनकुटाको सागुरी गाउँपालिका ७ बस्ने ५० वर्षीय लक्षु राई, सह-चालक कास्कीको पोखरा महानगरपालिका १५ बस्ने ३० वर्षीय अजित परियार, सप्तरीको महादेब गाउँपालिका वडा नं ६ बस्ने २५ वर्षीय शम्भु यादव, बस चालक प्युठानको सरुमहारानी गाउँपालिका वडा नं ५ बस्ने २३ वर्षीय होम लाल पल्ली मगर, धनकुटाको सागुरी गाउँपालिका वडा नं ७ वर्ष ४५ वर्षीय हरिशचन्द्र राई लगाएतलाई रिफर गरिएको प्रहरीले जनाएको छ ।

यस्तै सप्तरी महादेब गाउँपालिका वडा नं। ६ बस्ने १५ वर्षिया प्रिती यादव डिस्चार्ज भएकी छिन ।

भिडिओ :

https://www.facebook.com/khabarbatikaofficial/videos/1389559091936816

Ghasikuwa Accident Damauli and Ratnahari Hospital

Leave a Reply

Your email address will not be published. Required fields are marked *