जेष्ठ नागरिकलाई सम्मान र कारागारमा पुस्तक हस्तान्तरण गरी महिला उद्यमी गौलीले मनाईन जन्मदिन

Byखवरबाटिका

२८ मंसिर २०८०, बिहीबार २१:२४ २८ मंसिर २०८०, बिहीबार २१:२४ २८ मंसिर २०८०, बिहीबार २१:२४

दमौली । आजभोली जन्मदिन विभिन्न तरिकाले मनाउने गरिन्छ । जन्मदिन मनाउने सबैको आ-आफ्नै शैली हुने गर्छ, कसैले केक काटेर, होटल तथा रेष्टुरेन्टमा पार्टी गरेर जन्म दिन मनाउने गर्छन भने कोही बाहिर घुम्न जाने रमाइलो गर्ने आदि आदि । तर तनहुँको व्यास-२ दमौलीकी कल्पना गौलीले भने फरक तरिकाले आफनो जन्मदिन मनाएकी छिन् ।

तनहुँको व्यास–५ ढोडेनी स्थित माँ अम्बे अलौकिक कृषि फर्मकी सञ्चालक तथा व्यवस्थापक, कृषक तथा महिला उद्यमी कल्पना गौलीले आफ्नो ५४ औँ जन्मदिनको अवसरमा विहीवार आफ्नै फर्ममा स्थानीय वृद्धावृद्धलाई सम्मान गरि जन्मदिन मनाएकी छिन ।

स्थानीय दरै र बोटे समुदायका १० जना वृद्धावृद्धलाई गौली सहित व्यास ५ का वडाध्यक्ष बिष्णुकुमार श्रेष्ठ हिमालले राम नमी, फुलमाला र अविर लगाएर सम्मान गरेका थिए । सोही अवसरमा गौलीले बोटे समाजलाई एक/एक थान दराज र टेवल सहयोग पनि गरेकी छन् । दराज व्यास २ स्थित पोख्रेल फनिर्चरबाट सौजन्य भएको हो भने टेवल उनी आफैले सहयोग गरेकी हुन् ।

उक्त सम्मान कार्यक्रममा बोल्दै व्यास ५ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठ हिमालले परिवारबाट वृद्धावृद्धलाई उचित स्याहार र माया ममता दिनुपर्ने बताए । कृषक र कृषि पेशाको प्रवद्र्धन गर्न वडाले विभिन्न रचनात्मक कार्यक्रम ल्याउने समेत उनले प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा व्यास–३ का वडा सदस्य दधिराज घिमिरे, व्यास–४ का वडा सदस्य सरोज भण्डारी, समाजसेवि तथा एमाले नेता बसुन्धरा घर्ती लगायतले गौलीले समाजमा उदाहरणीय काम गरेको बताए ।

यसैगरि गौलीले जन्मदिनकै अवसर पारेर विहिबार नै जिल्ला कारागार तनहुँमा रहेका कैदी बन्दीको लागि पुस्तक हस्तान्तरण गरिन् । गौलीले कारागारका कैदी बन्दीहरुलाई सहयोगी हुने कानुनसँग सम्बन्धित र अन्य चेतना तथा सन्देशमुलक उपन्यास लगायतका पुस्तक कारागारका प्रमुख नारायण अधिकारीलाई हस्तान्तरण गरिन् ।

सो अवसरमा बोल्दै कारागार प्रमुख अधिकारीले कारागारलाई जेलको रुपमा भन्दा पनि सुधारगृहको रुपमा परिणत गर्न खोजिएको हुँदा प्राप्त पुस्तकले कैदी बन्दिको जिवनस्तर परिवर्तनमा सहयोग पुग्ने बताए ।

सो कार्यक्रममा महिला उद्यमी गौलीले कारागारमा विभिन्न कारण र परिवेशले बस्न बाध्य भएका दाजु भाई तथा दिदि बहिनीहरुलाई पुस्तकको माध्यमबाट सकारात्मक सोचाईको विकास गराउन पुस्तक हस्तान्तरण गरेको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *