दमौलीमा जलवायू परिवर्तन नितीबारे स्थानिय सरकारसंग संवाद

Byखवरबाटिका

२६ फाल्गुन २०८०, शनिबार १८:३६ २६ फाल्गुन २०८०, शनिबार १८:३६ २६ फाल्गुन २०८०, शनिबार १८:३६

दमौली । तनहुँको दमौलीमा जलवायू परिवर्तन नितीबारे स्थानिय सरकारसंग संवाद कार्यक्रम भएको छ । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघको आयोजना र फिमिको सहयोगको उक्त कार्यक्रम भएको हो ।

शुक्रबारदेखि संचालन भएको उक्त कार्यक्रम आइतबारसम्म जारी रहने राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी पुर्व सचिव सावित्रा चेपाङले जानकारी दिईन ।

शुक्रबार व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेसंग तनहुँका भुजेल महिलाहरुले जलवायू परिवर्तन नितीबारे संवाद र अन्तरक्रिया गरेका थिए । त्यस्तै शनिवार व्यास-१ का वडाअध्यक्ष रमेशचन्द्र हड्खले संग सो संवाद गरेको छन् ।

सो अवसरमा वडाअध्यक्ष हड्खलेले महिलाहरु आर्थिक रुपमा सबल हुनुपर्ने बताए । उनले थपे ‘आर्थिक रुपमा सबल बन्नको लागी उद्यमी बन्नुपर्छ ।’

जलवायू परिवर्तनबाट जोगिन समुदाय जोडिएर एक हुनुपर्ने प्रशिक्षक एवं राष्ट्रिय मानव अधिकार आयोगका शाखा अधिकृत किरण बरामले बताए । स्थानीय सरकारले जलवायू परिवर्तन सम्बन्धमा के कस्तो निति र कानुन बनाएको छ भन्ने जानकारी लिन उक्त संवाद कार्यक्रमको उद्देश्य रहेको आयोजकले जनाएको छ ।

जलवायू परिवर्तनका असर, न्युनिकरण र अनुकुलनमा लागी स्थानीय सरकारको भूमिका महत्वपूर्ण हुने र सोही अनुरुप नीति निर्माण गर्नुपर्ने भुजेल महिला समाजकी केन्द्रिय अध्यक्ष बसुन्धारा घर्तीले बताईन । उनले थपिन ‘जलवायू परिवर्तनको मुख्य असर आदिवासी जनजाति समुदाय लाई परेको छ ।’

उक्त कार्यक्रम अध्यक्षता राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी वरिष्ठ उपाध्यक्ष थम माया छन्त्यालले गरेकी थिइन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *