नेकपा एसकी नेतृ कलिला खानको सक्रियतामा छाब्दीका ४० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

Byखवरबाटिका

१५ मंसिर २०८१, शनिबार २०:२८ १५ मंसिर २०८१, शनिबार २०:२८ १५ मंसिर २०८१, शनिबार २०:२८

तनहुँ । तनहुँको व्यास १२ स्थित छाब्दी बाराही आधारभूत विद्यालयका ४० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य एवम् तनहुँ जिल्ला इन्चार्ज कलिला खानको सक्रियतामा नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला सइद मुबारक जरवान अल शाम्सीको सहयोगमा ज़ायद चैरिटी ह्यूमैनिटेरियन फाउण्डेशनले न्यानो कपडा वितरण गरेको हो।

चिसो मौसममा बालबालिकाको स्वास्थ्य र सुरक्षा सुनिश्चित गर्ने लक्ष्यका साथ न्यानो कपडा वितरण गरिएको केन्द्रिय सदस्य खानले बताईन ।

कार्यक्रममा बालबालिकालाई एक थान ज्याकेट, एक थान स्वेटर, एक थान थर्मकोट, एक थान टोपी, एक थान गलाबन्दी, एक जोर पन्जा, एक जोर मोजा र एक थान सानो कम्बलसहितका सामग्री वितरण गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष गजेन्द्रराज पन्थले आयोजक संस्थाले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै यस्तो सहयोगले ग्रामीण क्षेत्रका बालबालिकाको जीवनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *