बन्दीपुर। तनहुँको बन्दीपुरमा आयोजित अन्तर विद्यालय स्तरिय छैठौँ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उपाधि बन्दीपुर गाउँपालिका वडा नम्बर १ स्थित पवित्र माध्यमिक विद्यालयले हात पारेको छ।
विद्यालयले नौ स्वर्ण पाँच रजत र चार काश्य सहित प्रथम हुन सफल भएको हो। पवित्र माविले प्रथम पुरस्कार स्वरूप शिल्ड मेडल प्रमाणपत्र र नगद रु. १५ हजार प्राप्त गरेको छ।
योसँगै लगातार तेस्रो पटक शिल्ड जित्दै पवित्र माबिले ह्याट्रिक गर्न पनि सफल भएको हो । यसअघि पवित्र माविले लगातार दुई पटक पहिलो स्थानसहित उपाधि जितेसकेको थियो ।
लगातार ३ वर्ष उपाधी हात पारे संगै पवित्राले मुख्य शिल्ड प्रमाणपत्र र नगद रु. १० हजार समेत हात पार्न सफल बनेको छ ।
यस्तै बन्दीपुर गाउँपालिका वडा नम्बर १ कै मनासलु सेकेण्डरी इङलिस बोर्डिङ्ग स्कूल स्वर्ण एक रजत र तीन काश्य सहित दोस्रो हुन सफल भएको छ। द्वितीय पुरस्कार स्वरूप द्वितीय पुरस्कार स्वरूप शिव माविले शिल्ड मेडल प्रमाणपत्र र नगद रु. १० हजार प्राप्त गरेको छ।
यस्तै प्रतियोगितामा चार स्वर्ण आठ रजत र चार कास्य सहित बन्दीपुर गाउँपालिका वडा नम्बर ३ स्थित शिव माध्यमिक विद्यालय तृतीय भएको छ। द्वितीय पुरस्कार स्वरूप शिव माविले शिल्ड मेडल प्रमाणपत्र र नगद रु. ५ हजार प्राप्त गरेको छ।
यही माघ ५ गतेदेखि तीन दिनसम्म बन्दीपुर गाउँपालिका वडा नम्बर ४ टुडिखेलमा सञ्चालित राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङको अध्यक्षता तथा अध्यक्ष सुरेन्द्रबहादुर थापाको प्रमुख अतिथ्यतामा विजयी समूह तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । विजयीलाई शिल्ड मेडल प्रमाणपत्र सहित नगद पुरस्कार प्रदान गरेका गरिएको थियो ।
गाउँपालिकाका अन्तर विद्यालय स्तरीय प्रतियोगितामा पालिकाका ९ विद्यालयका करिव ४५० बिद्यार्थीहरु सहभागी रहेको गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख भीम लामिछानेले बताए ।
प्रतियोगितामा दौड भलिबल, हाइजम्प, लंगजम्प, ज्याब्लीङ थ्रो, लगायतका खेलहरु समावेश गरिएको थियो ।
खेलाडीहरुलाई पुरस्कार वितरण गर्दै अध्यक्ष थापाले बन्दीपुरमा खेल निरन्तर अगाडि बढाउने बताए । थापाले पालिकाको खेलकुद क्षेत्रको विकासमा आफ्नो सदैव साथ र सहयोग रहने बताउँदै भोलिका दिनमा बन्दीपुरमा खेल क्षेत्रको उल्लेख्य विकास हुने र यहाँबाट राष्ट्रिय स्तरका खेलाडी हुने क्रम भइसकेकोले बन्दीपुरको पर्यटन प्रवर्धनमा खेलकुदले थप टेवा पुग्ने बताए।