दमौली । व्यास क्षेत्रको धार्मिक प्रचारप्रसार एवं वैदिक सनातन धर्मको रक्षा गर्ने उद्देश्यले व्यास नगरपालिका ३ व्यास गुफामा गंगा आरती सुरू गरिएको छ ।

वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजना एवं व्यास ३ को आर्थिक सहयोगमा शुक्ला माहेन्द्री गंगा आरती प्रारम्भ गरिएको हो ।

गंगा आरतीको प्रारम्भ कार्यक्रममा व्यास नगरपालिकाका नगरप्रमुख वैकुण्ठ न्यौपानेले गंगा आरतीले व्यास क्षेत्रको प्रचारप्रसारमा सहयोग पुग्ने बताए।

उनले सबैको साथ र सहयोगबाट व्यास क्षेत्रमा विकास निर्माण एवं प्रचारप्रसार गर्न मद्दत पुग्ने बताए ।

वेदानुयायी प्रतिष्ठान नेपाल केन्द्रीय अध्यक्ष कृष्णकान्त काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा शान्ति स्वरूपानन्द दामोदर बाबा, व्यास अध्येता काशीनाथ न्यौपाने, व्यास नगरपालिकाका प्रथम नगरप्रमुख ताराप्रसाद श्रेष्ठ, भारतबाट आएका सन्त प्रेमानन्द यति,  जिल्ला समन्वय समिति तनहुँका पुर्व उपप्रमुख  पवित्रा पौडेल, व्यास ३ का वडाध्यक्ष अनुप राना, व्यास ३ का वडा सदस्य दघिराज घिमिरे, व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषका अध्यक्ष प्रेमप्रकाश भट्टराई, वेदानुयायी प्रतिष्ठानका केन्द्रीय सदस्य एवं कास्की जिल्ला अध्यक्ष ऋषिराम त्रिपाठी लगायतले गंगा आरतीलाई निरन्तरता दिन आवश्यक रहेको बताए ।

प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष ऋषिराम ढुंगाना स्वागत गरेको कार्यक्रमको सहजिकरण सचिव सत्यप्रसाद खनालले गरेका थिए ।

तीन जनाले संयुक्त रूपमा दैनिक रूपमा आरती गर्ने व्यवस्था मिलाईएको आयोजकले जनाएको छ । मंगलबारको आरतीको लागि व्यास ३ का वडासदस्य दघिराज घिमिरे छोराको जन्मदिन र आमाको स्मृतिमा गंगा आरतीमा सहयोग गर्ने बताईएको छ ।

बुधबारको लागि दमौली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष बुद्दिमान श्रेष्ठले सहयोग गर्ने कार्यक्रममा जानकारी दिईएको थियो ।

उक्त गंगा आरतीको लागि व्यास नगरपालिका वडा नं. ३ बाट एक लाख ४० हजार, व्यास नगरपालिकाबाट बत्ति विस्तारका लागि रू एक लाख ५० हजार सहयोग दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *