बागलुङ । रण स्मृती पुरस्कार संस्थाको ३१औं बार्षिक उत्सवको अवसरमा साहित्यकार आकाश अधिकारीलाई शक्ति पुरस्कार समर्पण गरीएको छ।
बालमन्दिर आधारभूत विद्यालय, बागलुङको सभाहलमा आयोजित एक कार्यक्रमका बिच उक्त पुरस्कार प्रदान गरिएको हो।
शक्ति बहादुर खड्काले आफ्नो बुबाको चिर स्मृतीको अवसरमा रण स्मृती पुरस्कार संस्था बि सं २०५० साल देखि हरेक वर्ष स्मृतिमा यो पुरस्कार प्रदान गर्दै आइरहेको संस्थाका सदस्य सचिव भोज बहादुर खड्काले जानकारी दिए।
कार्यक्रमका अध्यक्ष बागलुङ नगपालिका उपप्रमुख राजु खड्काले सहित्यको क्षेत्रमा योगदान गर्ने व्यक्तित्वलाई प्रदान गरिने र आकाश अधिकारी ज्युलाई सम्मान गर्न पाउँदा खुसी लागेको बताए। पुरस्कृत व्यक्तित्वको परिचय राख्दै भीम रानाभाट ज्यालादारीले मोफसलमा रहेर साहित्यकाे क्षेत्रमा क्रियाशील आकाश अधिकारीले संस्थागत रूपमा विभिन्न गतिविधि सञ्चालन गरेर आफ्नो बेग्लै पहिचान बनाउन सफल रहेको बताए।
कार्यक्रमका विशिष्ट अतिथि सम्मानित व्यक्तित्त्व आकाश अधिकारीले आफ्नो योगदानको कदर स्वरूप प्राप्त पुरस्कारले हौसला साथै थप जिम्मेबारी बोध भएको जानकारी गराए।
प्रमुख अतिथि बागलुङ नगपालिका प्रमुख वसन्त कुमार श्रेष्ठले भानुभक्त आचार्य अध्ययन गर्न बाग्लुङ आउनुभएको किम्बदन्ती सुनाउँदै यस क्षेत्रमा भाषा साहित्यको खानी रहेको हुँदा साहित्यिक गतिविधि बिस्तार गर्न पहल गर्ने धारणा राखे।
कार्यक्रमममा बाग्लुङ जिल्लामा अध्यनरत कक्षा ८ मा उत्कृष्ट बिधार्थीहरु रण बहादुर थापा र सितल बि क तथा एस ई ई मा उत्कृष्ट विद्यार्थी सुबाश शर्मा र सिम्रन जी सी लाई सम्मान गरिएको थियो। कार्यक्रममा दिवाकर भट्टराई, पदम बहादुर कार्की,राजन सापकोटा,काजी गाँउले,प्रेम शर्मा, दुर्गा आचार्य,प्रेम छोटा लगायत सय बढी साहित्यकार, सिक्षक अभिभावकको उपस्थीती रहेको थियो।
कृपा पौडेलले स्वागत मन्तब्य राखेको कार्यक्रमको सञ्चालन भोज वहादुर खड्काले गरेका थिए।