दमौली । तनहुँको व्यास नगरपालिकाको वडा नम्बर ३ ले युवायुवतीहरु लाई वडा स्तरीय आधारभुत कफि बनाउने (वारिष्टा) तालिम दिएको छ । व्यास नगरपालिका-३ को आयोजनामा गत वैशाख ९ गते आइतबारदेखि ४५ दिने युवा लक्षित तालिम सम्पन्न गरिएको व्यास-३ का वडाअध्यक्ष अनुप रानाले जानकारी दिए ।

तालिममा ३३ जना युवा युवतीहरु सहभागी भएका थिए । मंगलबार व्यास–२ दमौलीस्थित एएम प्राईम वारिष्टा ट्रेनिङ एकेडेमीमा तालिमको व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपानेले समापान गरेका थिए ।

सो अवसरमा बोल्दै नगर प्रमुख न्यौपानेले सिकेको सिपको सहि सदुपयोग गर्न आग्रह गरे । उनले भने ‘सिप सिके जहाँ गए पनि दु;ख पाइदैन ।’ उनि अगाडी थप्छन ‘सिप भएको मान्छे वेरोजगार बस्नु पर्दैन ।’ ‘सिकेको ज्ञानलाई व्यवहारमा र आयआर्जनमा जोड्न नसकेका कारण हामी पछाडि परेका हौँ ।’

यस्तै व्यास-३ का वडाअध्यक्ष अनुप रानाले युवायुवतीलाई स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यले ४५ दिने कफि बनाउने तालिम दिइएको बताए । ४५ दिनको वारिष्टा तालिम सिकेपछि युवाहरु स्वदेशमा नै आत्मनिर्भर बन्न सक्ने तथा तालिमपश्चात प्राप्त सर्टिफिकेटले विदेशमा जाँदा पनि राम्रो सेवा सुविधा प्राप्त गर्न सकिने वडाअध्यक्ष रानाले बताए । वरिष्टामा युवायुवतीको आकर्षण रहेकाले सीप सिकाएर दक्ष बनाउन सञ्चालित तालिम प्रभावकारी बनेको उनको भनाइ छ ।

सो कार्यक्रमको लागि वडाले रु २ लाख विनियोजन गरेको र सहभागीबाट प्रति व्यक्ति रु ३ हजार उठाइएको वडा कार्यालयले जनाएको छ ।

वडाध्यक्ष अनुप रानाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, वडासदस्य श्रीमाया विक, शान्तिनगर टोल विकास संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठ, वडा महिला समन्वय समितिका उपाध्यक्ष केशकुमारी राना, प्रशिक्षार्थीका तर्फबाट अशोक राना लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य बिनु श्रेष्ठ र कार्यक्रम संचालन वडासचिव सावित्री आचार्यले गरेकी थिइन् ।

यो पनि :

भिडिओ :

व्यास नगरपालिका वडा नम्बर ३ द्वारा ३३ जना वडावासी युवायुवतीलाई ४५ दिनको आधारभूत कफि बनाउने (वारिष्टा) तालिम (भिडिओ सहित)

व्यासको ३ नम्बर वडाद्वारा युवालाई वारिष्टा (कफि बनाउने) तालिम

 

 

 

  • Beta

Beta feature

  • Beta

Beta feature

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box