आँबुखैरेनीको मर्स्याङ्दी नदीमा गोरखाका कुमालको शव फेला

Byखवरबाटिका

८ चैत्र २०८१, शनिबार १३:४६ ८ चैत्र २०८१, शनिबार १३:४६ ८ चैत्र २०८१, शनिबार १३:४६

दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित मर्स्याङदी नदीमा एक जना पुरुषको शव फेला परेको छ ।

फेला परेको शव गोरखाको गोरखा नगरपालिका–१२ दरैटारका २९ वर्षिय राहुल कुमाल रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेक प्रसाद सुबेदीले जानकारी दिए ।

गत चैत ५ गते मंगलबार तनहुँको आँबुखैरेनी गाँउपालिका-२ एक्लेफाँटको ऐना होटलमा काम गर्ने कुमाल होटल कै पछाडि मर्स्याङ्दी नदिमा हाम फालेर बेपत्ता भएका थिए ।

शसस्त्र प्रहरी बल मनकामना गण भानु, नेपाल प्रहरी लगाएतको टोलिले नदिमा खोजतलासी गर्दा शनिबार मृत अवस्था कुमालको शव फेला परेको प्रहरी निरीक्षक सुबेदीले जानकारी दिए । उनका अनुसार यस घटनाका बारेमा थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *