देउसी भैलाे खेलेको रकमबाट सडक बत्ती जडान

Byखवरबाटिका

१७ मंसिर २०७८, शुक्रबार १०:२३ १७ मंसिर २०७८, शुक्रबार १०:२३ १७ मंसिर २०७८, शुक्रबार १०:२३

म्याग्दे-
तनहुँकाे म्याग्दे गाउँपालिका वडा नँ ३ मा रहेको नव पसले युवा क्लवले देउसि भैलाे खेलेको रकमबाट सडक बत्ती जडान तथा मर्मत गरेको छ । सामाजिक उत्तरदायित्वकाे भावना अन्तर्गत गाउँ टाेलमा उज्यालो हाेस भन्नकाे लागि सडक बत्ती नयाँ जडान तथा पुरानो मर्मत गरिएको क्लवका अध्यक्ष अाशिश श्रेष्ठले बताए । हामीले ३ ठाउँमा नयाँ बत्ती जडान र ६ ठाउँमा मर्मत गरेका छाैं , अध्यक्ष श्रेष्ठले भने । त्यसको लागि करिव ४ हजार खर्च भएको उनलेे बताए । देउसि भैलाे खेलेको रकमलाई दुरुपयोग गरि घुम्ने रमाउने प्रचलन बढ्दै गएकाे परिप्रेक्ष्यमा पसले युवा क्लवले भने नमुना काम गरेकाे छ । लामो समयसम्म बिग्रेर अन्धकार भएको टाेलमा सडक बत्ती जडान गरि उज्यालो बनाएकाे भन्दै टाेलवासिहरू क्लवले गरेको काम प्रति खुसी बनेका छन् । अहिलेका अध्यक्ष श्रेष्ठ अाएपछि क्लवले विभिन्न राम्रो र रचनात्मक कामहरू गर्दै अाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Holler Box