तनहुँ । नेकपा एमाले तनहुँ र मेयरका स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले तनहुँको व्यास नगरपालिका वडा नं. ८ को फेदी केन्द्रमा पुन: मतदान गराउन माग गरेका छन् ।
उक्त केन्द्रमा निरीक्षणका लागि पुगेका मेयरका उम्मेदवार जोशीमाथि आक्रमण भएको थियो ।
एमालेका तर्फबाट राजेश्वर ढकाल र दीपकराज जोशीको तर्फबाट हरिशरण पण्डितले संयुक्त विज्ञप्ति निकालेर सो केन्द्रमा फेरि मतदान गराउन माग गरेका हुन् ।
नेपाली काङ्ग्रेसको तर्फबाट मेयरका उम्मेदवार वैकुण्ठ न्यौपाने पक्षधरले बुथमा एकलौटी रुपमा मतदान गरिरहेको हुँदा त्यसलाई रोक्न माग गर्दा जोशीमाथि आक्रमण भएको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरुले फेदी केन्द्रको मतदान रद्ध गरी त्यहाँ फेरि चुनाव गराउन र दोषिलाई कारबाही गर्न माग गरेका छन् ।