तनहुँ । तनहुँको व्यास नगरपालिकाले बुधबारदेखि नागरिक सहायता कक्ष र टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ ।
नगरपालिकामा आएका सेवाग्राहिलाई आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्य अनुरुप सहायता कक्ष सञ्चालनमा ल्याइएको व्यास नगरपालिकाले जनाएको छ ।
उक्त सहायता कक्ष मार्फत सेवाग्राहिले आवश्यक पर्ने निवेदन र पेश गर्नुपर्ने आवश्यक कागजातहरुको फोटोकपि निशुल्क रुपमा प्राप्त गर्नेछन ।
यसैगरि सम्पुर्ण नगरवासीले टोल फ्रि नं १६६०६५५२००६ मार्फत नगरपालिकाबाट प्रदान गरिएका सेवाहरुका बारेमा जानकारी लिन तथा नगर सित सम्बन्धि सम्पुर्ण कामहरुका बारेमा सुझाब दिन सक्ने नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए ।
उक्त सहायता कक्षको बुधबार शुभारम्भ गर्दै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले सेवाग्राहिलाई सहज ढङ्गले सेवा प्रवाह गर्ने उदेश्य अनुरुप सहायता कक्ष सञ्चालनमा ल्याइएकाले यसको अधिकतम उपयोग गर्न सक्नुपर्नेमा जोड दिए ।