अखिल नेपाल यातायात मजदुर संघ गण्डकीको अध्यक्षमा सुर्यभक्त चयन

Byकिरण श्रेष्ठ

६ भाद्र २०७९, सोमबार २२:४३ ६ भाद्र २०७९, सोमबार २२:४३ ६ भाद्र २०७९, सोमबार २२:४३

तनहुँ । अखिल नेपाल यातायात मजदुर संघ गण्डकी प्रदेश समितिको भेला सम्पन्न भएको छ । दोस्रो भेलाले सुर्यभक्त पौडेलको अध्यक्षतामा ११ सदस्यीय प्रदेश कमिटी निर्वाचित गरेको छ ।

त्यस्तै समितीको वरिष्ठ उपाध्यक्षमा भोजराज आचार्य, उपाध्यक्षमा कपिल नेपाली, सचिवमा अर्जुन पौडेल, सह-सचिवमा श्याम कुमार ताम्राकार, कोषाध्यक्षमा राजु बयलकोटी, सहकोषाध्यक्षमा कुमार गुरुङ्ग चयन भएका छन ।

यसैगरी सदस्यहरु रमेश सापकोटा, दिल बहादुर थापा, राम कँडेल र कृष्ण परियार सर्वसम्मत निर्वाचित भएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed