Category: राजनीति

राष्ट्रिय सभामा गण्डकीबाट तनहुँका पदमसहित गठबन्धनका ३ जना उम्मेदवार निर्वाचित

दमौली । राष्ट्रिय सभाका लागि गण्डकीमा भएको ३ सिटको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ तनहुँका पदमबहादुर परियार र माओवादीबाट पर्वतकी मनरुपा शर्मा…

तनहुँबाट राष्ट्रियसभामा कांग्रेसका ध्रुव वाग्लेदेखि सरिता गुरुङसम्म आकांक्षी

तनहुँ । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि गण्डकी प्रदेशबाट नेपाली कांग्रेसका १६८ जनाले उम्मेदवार बन्ने आकांक्षा राखेका छन् । गण्डकी प्रदेश समितिले प्रदेशभरका ११ जिल्लाबाट…

जति वटा पार्टी मिले पनि देश बनाउने काम एमाले बाहेक अरुले सक्दैनन् : एमाले अध्यक्ष ओली

खत्रीठाटी । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिलाई स्थिर बनाउने काम एमाले बाहेकले नसक्ने बताएका छन् । शुक्रबार पार्टीको मध्यपहाडी यात्रा अन्तर्गत लमजुङको खत्रीठाटीमा आयोजित जनसभालाई सम्बोधन…

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा तनहुँका प्रकाश पन्थ नियुक्त

दमौली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले म्याद समाप्त भई स्वतः विघटन भएका तीन भ्रातृ संघमा अध्यक्ष नियुक्त गरेका छन् । देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा…

तनहुँ-१ बाट बिजयी स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापति बन्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने भएको छ । रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था छ । पार्टी गठनदेखि हालसम्म डोलप्रसाद अर्यालमात्र उपसभापति छन्…

एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा विजयी

पोखरा । नेकपा एमाले गण्डकीको अध्यक्षमा नवराज शर्मा निर्वाचित भएका छन् । केन्द्रीय सदस्य समेत रहेका प्रत्यासी मायानाथ अधिकारीलाई पराजित गर्दै शर्मा अध्यक्षमा निर्वाचित भएका हुन् । शर्माले ५ सय…

व्यक्तित्वको टकराबले मुलुकको अर्थतन्त्रलाई बन्धक बनाउनु हुँदैन : सांसद वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले व्यक्तित्वको टकराबले मुलुकको अर्थतन्त्रलाई बन्धक बनाउनु नहुने बताएका छन् । मंगलबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै डा.वाग्लले वित्तीय र मौद्रिक नीतिबीचको…

कांग्रेस बैठकमा शंकर भण्डारीले भने ‘संघीयताको विकल्प खोज्नुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले संघीयताको विकल्प खोज्नुपर्ने धारणा राखेका छन् । केन्द्रीय समितिको बैठकमा बोल्ने क्रममा भण्डारीले वर्तमान संविधानका तीन विषयमा आफ्नो असहमति रहेको बताएका छन्…

एकीकृत समाजवादी तनहुँका अध्यक्ष कार्की एमालेमै फर्किए

दमौली । नेकपा एकीकृत समाजवादीका तनहुँ जिल्ला अध्यक्ष श्रीराम कार्कीसहितका नेता नेकपा एमालेमा फर्किएका छन् । नेकपा एमाले जिल्ला कमिटी तनहुँले शुक्रबार आयोजना गरेको पार्टी समाहित कार्यक्रममा अध्यक्ष कार्कीसहित केहि…

राष्ट्रपति पौडेलको ५५ लाख उपचार खर्च सरकारले नै बेहोर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको उपचार खर्च सरकारले बेहोर्ने निर्णय गरेको छ । १२ असारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेलले भारतमा गराएको उपचारको खर्च बेहोर्ने निर्णय गरेको हो…