

रयाई…रयाई…. सारंगीको धुन गन्धर्व जार्तीको पर्यायबाची नै हो । भानु नगरपालिका– १ नयाबस्ती नयाँ गाउँका ३१ वर्षीय सुजन गन्धर्व र २२ वर्षीय प्रेम गन्धर्व सारंगी रेट्दै मनको कथा व्यथा गुनगुनाउन खप्पिस छन । हुन त सांरगी रेट्ने गन्धर्व जातीको बिशेषता र गुजाराको मुख्य आधार नै त्यही हो।
ब्यास ४ दमौली बजारमा भेटिएका यी दाजुभाई सारंगी रेट्दामा मिठो धुन पस्कदै सर्वसाधारणबाट पैसा संकलन गर्दै थिए । गाउँ गाउँमा सारंगी बजाउदै हिड्ने गन्धर्व समुदायको पेशालाई चलन चल्तीमा ‘गाइने’ भनेर सम्बोधन गरिन्थ्यो । पछिल्लो समय गाउँ–गााउँमा बिरलै भेटिने भएकाले होला, हिजोआज ‘गाइने’ शब्द बिरलै सुनिन्छ ।
गन्धर्व जातीको मर्म नबुझ्नेले आफूहरुलाई हेप्ने गरेको सुजनले बुझाई छ । उनले मनखोले, ‘पुर्खादेखि चलि आएको कला प्रदर्शन गर्न हामीे कहिल्यै हिचकिचाएनांँ। गाउँगाउँ, बजारका बस्तिमा गएर सारंगीको धुनमा गाउँने र दुइचार पैसा कमाएर गुजारा गर्दै आएका छौँ ।’ सारंगी रेटेर गुजारा चलाउने गन्धर्व समुदायको रित नै हो। गाउँ गाउँमा सारंगी रेट्दै सचेतना जगाउँदै हिड्ने गन्धर्व
समुदाय समाजको मार्गदर्शक पनि हो । उनीहरुले सांरड्गी रेटे…
बोट्लको पानीले आँखा सन्काइ सानिले
इज्जत गयो पिउने पानीले …
भनिन्छ, सपना पूरा गर्न कडा मिहनत र संघर्ष गर्नुपर्छ, चाहिन्छ। पुस्तौंदेखि यहि पेसा अंगालेका उनीहरू देशको जुनसुकै कुनामा पुगे पनि खासै प्रगति गर्न नसकेको उनीहरूको गुनासो छ।
संसार भरि फैलिएको महामारिले देशमा सारंगीको धुनमा टिप्स दिने पर्यटकको आगमनमा सुन्य
भएसंगै आयआर्जनमा प्राय पूर्णबिराम जस्तै भएको छ । लकडाउनको फुर्सदिलो समयमा सारंगी
बनाएका दाजुभाई अहिले एउटा सारंगीलाई ३५ सय देखी १५ हजार सम्म बेच्ने गरेका छन। पुर्खौली
पेशा अंगाल्ने गन्धर्व समुदायलाई हाम्रो सम्मान ।