May 17, 2022

दमौली – अमेरीकाको हवाई र काठमाण्डौमा रहेको सामाजीक संस्था अस्ट जद्वारा व्यास ५, चुदेर स्थित पद्म प्राथमिक विद्यालय र व्यास नगरपालिका ६, देउराली स्थित देउराली प्राथमिक विद्यालयका बिद्यार्थीलाइ शैक्षीक सामाग्री वितरण गरेको छ। अावश्यकतामा रहेका बिद्यार्थीलाइ शैक्षिक सहयाेग भन्ने नाराका साथ अस्ट ज बाट सयुक्त रुपमा दुइ विद्यालयका २६ विद्यार्थीलाई विभिन्न शैक्षीक सामाग्री वितरण गरीएको हाे ।

पद्म प्राविका ९ र देउराली प्राविका १७ विद्यार्थीलाई व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले शैक्षीक सामाग्री हस्तान्तरणा  गरेका थिए । कार्यक्रममा मन्तव्य राख्दै नगरप्रमुख न्यौपानेले शैक्षिक क्षेत्रको विकास अपरिहार्य रहेको चर्चा गर्दै अस्ट ज द्वारा चुदेर र देउरालीमा गरिएको सहयोग प्रशंसनिय रहेको बताए

            सामुदायीक विद्यालयहरुमा विद्यार्थीको आकर्षण घटेको भनेर गुनासो बढीरहेको अबस्थामा यस्ता सामाजीक संस्थाबाट गरिएका सहयोगले अभिभावक र स्थानीयलाई विद्यालयको विकास प्रति सक्रिय रहदा रहदै थप जिम्मेबार बनाएको बताए ।

पद्मा प्रावि व्यवस्थापन समितिका अध्यक्ष खेम बहादुर मगरको सभापतित्वमा भएको शैक्षीक सामाग्री वितरण कार्यक्रममा रोटरीयन क्या.सुर्यकुमार मल्ल, दिनेश श्रेठ, व्यास-०५ वडा सदस्य लक्ष्मी वि.क, देउराली प्राविका अध्यक्ष प्रेम बहादुर हमाल,सिता देवी लम्साल, अमर बहादुर थापा, दल बहादुर थापा, सु. लोकबहादुर थापा लगायतले आ-आफ्नो धारणा व्यक्त गरेका थिए । उक्त कार्यक्रममा पद्म प्राविका प्र.अ कृष्ण परियारले सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published.