तनहुँ, रोट¥याक्ट क्लब अफ दमौलीले बुधवार व्यास–५ वेनिपाटनस्थित पराशर माध्यमिक विद्यालयका विद्यार्थीलाई विद्यालय पोशाक सहयोग गरेको छ ।
क्लबले विद्यालयकै अनुरोधमा उक्त विद्यालयमा अध्ययनरत बोटे र दलित समुदायका विपन्न परिवारका विद्यार्थीहरुलाई न्यानो स्पोर्ट ड्रेस सहयोग गरेको
हो ।
विद्यालयले आवश्यकता अनुरुप क्लबलाई पत्रपठाएको आधारमा २० जना विपन्न परिवारका बालबालिकालाई विद्यालय पोशाक सहयोग गरिएको रोट¥याक्ट क्लब अफ दमौलीका अध्यक्ष सुशान्त अधिकारीले जानकारी दिए ।
सोही अवसरमा व्यास–५का वडा अध्यक्ष मोहनकुमार श्रेष्ठले रोट¥याक्ट र रोटरीले समाजमा महत्वपूर्ण योगदान गर्दै आएको बताए । रोट¥याक्टले अन्य स्थानीय क्लबहरुसँग पनि समन्वय र सहकार्य गर्दै समाज रुपान्तरणको अभियानमा अघि बढ्न उनले युवाहरुलाई सुझाव दिएका थिए । साथै रोट¥याक्टमा आवद्ध युवाहरुले आफ्नो खर्च कटाएर समाज सेवाको कार्य गर्दैै आएको भन्दै श्रेष्ठले प्रंशसा समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयव्यवस्थापन समितिका अध्यक्ष उषा क्षेत्रीले विगतदेखि नै रोट¥याक्ट र रोटरीले विद्यालयको शैक्षिक विकासमा सहयोग पु¥याएको बताइन् । यसैबीच विद्यालयका प्रअ रामदत्त पौडेलले विपन्नता र आवश्यकतालाई मध्यनजर गरी रोट¥याक्टक्लबले सामाजिक सेवा गरी छुट्टै पहिचानबनाउन सफल भएको बताए । क्लबका अध्यक्ष अधिकारीको अध्यक्षततामा सम्पन्न कार्यक्रममा क्लबका पूर्व अध्यक्ष मनोज राउत, प्रेसि डेन्टनोमिनी अनुज बिमली लगायतले बोलेको कार्यक्रम संयोजक गोविन्द तिमल्सेनाले जानकारी दिए ।