तनहुँ । तनहुँको व्यास नगरपालिकाको मेयरमा वृषराज श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन् । व्यास-२ निवासी श्रेष्ठले सोमबार स्वतन्त्रबाट मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य श्रेष्ठ दमौली खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष हुन् ।
यसैगरी व्यास-२ को वडाध्यक्षमा स्वतन्त्रबाट राजकुमार श्रेष्ठ (राकु) को उम्मेदवारी परेको छ । राकु तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका निवर्तमान सभापत हुन् ।