कोत्रेबाट लागुऔषध सहित दुई जना पक्राउ

Byकिरण श्रेष्ठ

२५ बैशाख २०७९, आईतवार १८:२५ २५ बैशाख २०७९, आईतवार १८:२५ २५ बैशाख २०७९, आईतवार १८:२५

तनहुँ । लागुऔषध सहित दुई जना पक्राउ परेका छन । आइतबार जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं. २ कोत्रे स्थित पृथ्वी राजमार्गमा अस्थायी प्रहरी बिट कोत्रे तनहुँबाट खटिएको प्रहरी टोलीले सवारी साधनहरु चेकजाँच गर्ने क्रममा लागु औषधसहित दुई जनालाई पक्राउ परेको छ ।

पक्राउ पर्नेमा नवलपरासीको बर्दघाट नगरपालिका वडा नं.५ बस्ने ३२ वर्षीय विश्राम चौधरी र पर्वतको मोदी गाउँपालिका वडा नं. ९ स्थायी घर भई हाल बर्दघाट नगरपालिका वडा नं.९ बस्ने ३१ वर्षीय विपिन गुरूङ रहेकोे प्रहरीले जनाएको छ ।

उनिहरुको साथमा रहेको झोलामा लुकाई छिपाई ल्याएको नाईट्रोभेट १० लेखेको ट्याब्लेट ३०० चक्की, लागु औषध कोडिन फोस्पेट लेखेको झोल पदार्थ भएको बोतल थान ३, लागु औषध डाईजोपाम ७ एम्पुल, फेनारागन ७ एम्पुल र नुफिन ६ एम्पुल गरि २० एम्पुल सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बुटवलबाट पोखरा तर्फ जादै गरेको ग१ख ५३५४ नं.को बसलाई चेकजाँच गर्ने क्रममा ऊनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

उक्त लागू औषध सहित नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भईरेहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *