म्याग्दे । तनहुँको म्याग्दे गाउँपालिकामा मतगणना सकिएको छ । अन्तिम मतपरिणाम अनुसार गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्षमा नेपाली कांग्रेसका बालकृष्ण घिमिरे विजयी भएका छन् ।

विजयी श्रेष्ठले ४ हजार ९५० मत ल्याएको निर्वाचन अधिकृत नवराज आचार्यले जानकारी दिए । श्रेष्ठका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसकी मायादेवी रानाले ४ हजार २३२ मत प्राप्त गरिन । गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका श्रीप्रसाद श्रेष्ठ ७१८ मतान्तरले विजयी भएका हुन् ।

स्मरण रहोस गत २०७४ सालको निर्वाचनमा काङ्ग्रेसकी राना अध्यक्षमा विजयी हुँदा श्रेष्ठ पराजित भएका थिए । गाउँपालिकाको अध्यक्षमा विजयी श्रेष्ठ नेकपा एमाले तनहुँका अध्यक्ष समेत हुन । यस्तै अध्यक्षमा पराजित राना निवर्तमान गाउँपालिकाका अध्यक्ष हुन ।

यस्तै उपाध्यक्षमा नेपाली काङ्ग्रेसका बालकृष्ण घिमिरे ५ हजार ३९ मत प्राप्त गरी विजय भएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका रत्नादेवी घिमिरेले ४ हजार २०० मत पाएकी छिन । उपाध्यक्षमा विजयी घिमिरे यसअघि पनि उपाध्यक्ष थिए ।

गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वार डिलबहादुर नेपालीले ९३१ र उपाध्यक्षमा उठेकी जमुना अधिकारीले एक हजार ४२ मत ल्याए ।

म्याग्देमा नेकपा एमालेले ३ वटा वडा र काङ्ग्रेसले ४ वटा वडामा वडाध्यक्ष जितेका छन् । म्याग्दे–१, ३ र ७ मा एमालेले जितेको छ भने वडा नम्बर २, ४, ५ र ६ मा नेपाली काङ्ग्रेसले जितेको छ ।

म्याग्दे गाउँपालिकामा ११ हजार ९४३ मत खसेको थियो । यहाँ कूल १८ हजार १०५ मतदाता रहेका छन् ।

                      कुन वडामा को विजयी ?

तनहुँको म्याग्दे गाउँपालिका-१ को वडाध्यक्षमा एमालेका मणिभद्र वाग्ले विजयी

म्याग्दे गाउँपालिका-२ को वडाध्यक्षमा कांग्रेसका शिवबहादुर क्षेत्री निर्वाचित

एमालेका टुकराज अधिकारी म्याग्दे-३ को वडाध्यक्षमा विजयी

म्याग्दे गाउँपालिका-४ मा काँग्रेसको प्यानल विजयी, वडाध्यक्षमा दीपककुमार श्रेष्ठ

म्याग्दे गाउँपालिका-५ मा कांग्रेसको प्यानल विजयी, वडाध्यक्षमा शिवबहादुर आले

म्याग्दे गाउँपालिका-६ को वडाध्यक्षमा कांग्रेसका हिरालाल गुरुङ विजयी

तनहुँको म्याग्दे गाउँपालिका-७ मा एमालेको प्यानल विजयी, वडाध्यक्षमा बसन्तकुमार श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed

     
Holler Box