घिरिङ । तनहुँको घिरिङ गाउँपालिकामा नेकपा एमालेले विजयी भएको छ । गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमश: नेकपा एमालेका होमबहादुर थापा र राधादेवी अधिकारी निर्वाचित भएका छन् ।

तीन दलीय गठबन्धनलाई पराजित गर्दै घिरिङ गाउँपालिकामा नेकपा एमाले विजयी भएको हो ।

अध्यक्षमा विजयी थापाले ४ हजार ३३१ मत पाएका छन् । उनका प्रतिष्पर्धी नेपाली कांग्रेसका गंगाराम कुमालले ३ हजार ५५४ मत पाए ।

यस्ता उपाध्यक्षमा विजयी नेकपा एमालेकी अधिकारीले ४ हजार ४८१ मत पाएकी छिन । उनको प्रतिष्पर्धी नेकपा (एकिकृत समाजवादी)का पुर्ण बहादुर थापाले २ हजार ७४७ मत पाए।

घिरिङ्गमा सम्पन्न मतगणना अनुसार गाउँपालिका अध्यक्ष , उपाध्यक्षसहित वडा-२, ३ र ४ नेकपा एमाले विजयी भएको छ भने नेपाली कांग्रेस वडा नम्बर १ र ५ मा विजयी भएको छ ।

 

         कुन वडा को विजयी ?

घिरिङ गाउँपालिका-१ मा कांग्रेसको प्यानल विजयी, वडाअध्यक्षमा रविचन्द्र घोरासिनी

घिरिङ गाउँपालिका-२ मा नेकपा एमालेको प्यानल विजयी, वडाअध्यक्ष बने नरबहादुर थापा

घिरिङ गाउँपालिका-३ मा एमालेको प्यानल विजयी, वडाअध्यक्षमा तहल सिंह थापा

घिरिङ गाउँपालिका-४ मा एमालेको प्यानल विजयी, वडाध्यक्षमा भिमबहादुर कुमाल

घिरिङ-५ मा कांग्रेसको प्यानल विजयी, वडाध्यक्षमा विष्णुवीर आले

Leave a Reply

Your email address will not be published. Required fields are marked *