घिरिङ । तनहुँको घिरिङ गाउँपालिका-४ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा भिमबहादुर कुमालले ८६६ मत प्राप्त गरी विजयी भएका हुन् ।
कुमालका प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका वीरबहादुर थापाले ६३६ मत प्राप्त गरेका छन ।

एमालेबाटै महिला वडा सदस्यमा रिमा कुमालले ८७६, दलित महिला सदस्यमा सरिता विकले ८४८, खुल्ला सदस्यमा मनबहादुर रानाभाटले ८२७ र शक्ति थापाले ८६० मत प्राप्त गरी विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *