काठमाडौं । सत्ता गठबन्धनमा सहभागी दलहरू आगामी मंसिर ४ मा निर्वाचन गर्न सहमत भएका छन् ।
बुधवार बालुवाटारमा बसेको गठबन्धनको बैठकमा दलहरूले संघीय निर्वाचन मंसिर ४ मा गर्ने सहमति जुटाएका हुन् ।
निर्वाचन आयोगले आगामी ४ मंसिरमा एकै चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्न सरकारलाई सिफारिस गरिसकेको छ । तर, सरकारले अहिलेसम्म चुनावको मिति तोक्न सकेको छैन ।
भोलि बस्ने मन्त्रिपरिषद् बैठकले मिति तोक्ने सक्ने सम्भावना रहेको बैठकमा सहभागी एक नेताले बताए ।