तनहुँ । प्रहरी अवैध सालको काठ सहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ जिल्लाको भानु नगरपालिका वडा नं ९ काउरेटार स्थित देउरालीटारबाट बाईसजाँगर तर्फ आउदै गरेको ग १ त ४२०२ नं को ट्याक्टरलाई चेक जाँच गर्ने क्रममा त्रिपालले छोपीएको अवस्थमा २१ गोलिया ५३।८८ क्युफिट अवैध सालको काठ फेला परेको प्रहरीले जनाएको छ ।
तनहुँको भानु नगरपालिका वडा नं ८ देउराली बस्ने वर्ष ४० को थमन नेपालीले चलाएको उक्त ट्याक्टरसहित सालको काठ र नेपालीलाई नियन्त्रणमा लिई सहित थप अनुसन्धानको लागी डिभिजन वन कार्यालय दमौली तनहुँमा पठाईएको प्रहरीले जनाएको छ ।