भूपु सैनिक क्लव वीर गोर्खाली स्तम्भको स्थापना दिवस

Byखवरबाटिका

२६ जेष्ठ २०८०, शुक्रबार ०८:४१ २६ जेष्ठ २०८०, शुक्रबार ०८:४१ २६ जेष्ठ २०८०, शुक्रबार ०८:४१

दमौली । नेपाल भूपु सैनिक क्लव वीर गोर्खाली स्मृति स्तम्भको प्रथम स्थापना दिवस सम्पन्न भएको छ ।

बिहिवार भूपु सैनिक क्लवको भवन व्यास १ भादगाउँमा स्थापना दिवसको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि क्लवका मानार्थ सदस्य लालबहादुर थापाले क्लवलाइ अगाडि बढाउनको लागि हिजोको दिनमा पनि आफुले सहयोग गर्दै आएको र भोलिका दिनमा पनि सकेको सहयोग गर्ने भन्दै उनले ३० हजार रूपयाको अक्षयकोष स्थापना गर्ने घोषणा गरे । भूपु सैनिकहरूको हक हित र अधिकारको लागि सम्पुर्ण भूपुहरू एकजुट हुनुपर्ने थापाको भनाइ थियो ।

कार्यक्रममा क्याप्टेन सन्तलाल श्रेष्ठले भूपु सैनिक परिवारले पाउने पेन्सन लगायतका अन्य सुविधाका कुराहरूको बारेमा जानकारी गराएका थिए ।

क्या. श्रेष्ठले भूपुहरूले आफुले पाउने सेवा सुविधाका बारेमा जानकारी लिइराख्नुपर्ने र आएका अवसरको सदुपयोग गर्दै अवसर लिन सक्नुपर्ने बताए ।

कार्यक्रममा क्लवका अध्यक्ष क्याप्टेन तारालाल मल्लले तनहुँमा ५ सय जना भन्दा बढी भूपुहरू आजिवन सदस्य रहेको बताए । मल्लले सामाजिक सेवाको भावना अन्तर्गत अफ्ट्यारो परेका मानिसलाई क्लवले सहयोग गर्दै आएको भन्दै आगामी दिनमा पनि सहयोग गर्दै जाने बताए ।

पेन्सन सम्बन्धि परामर्श, नागरिकता सम्बन्धि परामर्श, एकल महिलाको बारेमा सिफारिस लगायतका कुरामा क्लवले सहयोग गर्दै आएको अध्यक्ष मल्लले बताए ।

क्लवको भवन बनाउँदा आफ्नै भूपुहरूको सहयोगमा बनाईएको नायब सुवेदार प्रेमबहादुर पुनले बताए ।

क्लवका अध्यक्ष क्याप्टेन तारा लाल मल्लको अध्यक्षतामा भएको कार्यक्रममा क्याप्टेन सुर्ज कुमार मल्लले धन्यवाद मन्तब्य दिएका थिए भने क्लवका उपाध्यक्ष क्याप्टेन सहबिर उच्चै ठकुरीले स्वागत र सुवेदार मदराज मल्लले कार्यक्रम सञ्चालन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *