दमौलीका आयुर्वेद पसलमा व्यासको अनुगमन, ७ वटा पसल सिल

Byखवरबाटिका

२६ असार २०८०, मंगलवार १८:०३ २६ असार २०८०, मंगलवार १८:०३ २६ असार २०८०, मंगलवार १८:०३

दमौली । तनहुँको व्यास नगरपालिकाले दमौलीमा रहेका आयुर्वेद पसलहरुमा मंगलबार अनुगमन गरेको छ । अनुगमनको क्रममा ओपिडि सहित संचालनमा रहेका ७ वटा पसललाई सिल गरिएको छ ।

अनुगमनको क्रममा व्यास २ स्थित रहेको रुक्शल आयुर्वेद फर्माले स्थानिय तहमा दर्ता नगरेको र औषधी पसल दर्ता गरि बिरामी परिक्षण गर्ने गरेको पाईएपछि सिल गरिएको प्रमुख प्रशासकिय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए ।

त्यस्तै आरोग्य फार्मेसीले स्थानिय तहमा दर्ता नगरेको,एलोपेथि र होमोपेथि औषधी दुबै बिक्री गरेको, औषधी खुल्ला रूपमा भेटिएको, फार्मेसी मापदण्ड बिपरित सञ्चालनमा रहेको पाईएपछि सिल गरिएको छ । व्यास २ गणेशमान चोक स्थित रहेको अनमोन आयूर्वेद स्वास्थ्य क्लिनिकले नविकरण नगरेको,क्लिनिक मापदण्ड अनुसार नरहेको र एलोपेथि औषधी बिक्री गर्ने गरेको पाईएको स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

उनका अनुसार उक्त क्लिनिकलाई शिल गरि फार्मेसी मात्र संचालन गर्न दिईएको छ भने एक सातामा पसल नविकरण गर्न निर्देशन दिईएको छ । व्यास होमियो फार्मेसीमा होमियो फार्मेसी दर्ता भएकोमा क्लिनिक तथा प्रयोगशाला समेत सञ्चालन भएको, ल्याव र क्लिनिक संचालन दर्ता नभएको पाईएको छ ।

उक्त ल्याब र ओपिडिलाई पनि सिल गरिएको छ । आयुष होमियो फर्मामा होमियो प्याथि पसल दर्ता चलानी नै नभएको, म्याद सकिएको औषधी फेला परेको, औषधी पसल दर्ता गरि क्लिनिकको रूपमा सञ्चालन गरेको पाईएको छ । उक्त पसल पनि सिल गरिएको छ । व्यास २ सत्यवति माध्यमिक विद्यालय अगाडी रहेको स्पार्क दमौली अस्पताल स्थानिय तहमा दर्ता नै नभई संचालनमा रहेको पाईएको छ । उक्त अस्पताल पनि सिल गरिएको छ ।

प्रकाश आयुर्वेदिकमा आयुर्वेदि पसलमा दर्ता गरि एलोपेथि औषधी बिक्री गर्ने गरेको, औषधी पसलमा क्लिनिकको सेवा सञ्चालन गरेको र चिकित्सक बिना अनाधिकृत व्यक्तिले बिरामी परिक्षण गरेको भेटिएको जनस्वास्थ्य निरिक्षक लक्ष्मी गुरुङले बताईन् ।

उनको अनुसार उक्त पसलबाट एलोपेथि औषधी बरामद गरि सिल गरिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी काशिराम गैह्रैको संयोजत्वमा गरिएको अनुगमनमा जिल्ला आयुर्वेद कार्यालयका आयुर्वेद चिकित्सक रामप्रमोद मण्डल लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *