जेसिआइ व्यासनगरको अध्यक्षमा नविन पुरी

Byखवरबाटिका

१६ मंसिर २०८०, शनिबार १९:१० १६ मंसिर २०८०, शनिबार १९:१० १६ मंसिर २०८०, शनिबार १९:१०

दमौली । जेसिआइ व्यासनगरको अध्यक्षमा नवीन पुरी सर्वसम्मत चयन भएका छन् । अध्यक्ष पदमा दुई जनाको उम्मेदवारी दर्ता भएको थियो । दर्ताको समयमा नविन पुरी र सुमित ढुंगानाको उम्मेदवारी परेको थियो ।

तर शनिबार नविन पुरिकाे सर्वसम्मत अध्यक्ष पदमा चयन भएका छन् ।

यस्तै कार्यकारी उपाध्यक्षमा पुर्ण सदाशंकर र अनुप दाहाल चयन भएका छन् भने उपाध्यक्षमा राजेश क्षेत्री, डिबि थापा, पवन सिं कार्की र केशरबहादुर बराली चयन भएका छन् ।

त्यसैगरी महासचिवमा सनम अधिकारी, सचिवमा रोबिन श्रेष्ठ र कोषाध्यक्षमा सोम बहादुर नेपाली चयन भएका छन् । यस्तै कानुनी सल्लहाकारमा सुनिल श्रेष्ठ चयन भएका छन् ।

जेसिआइ व्यासनगरको २९ औं शाखा अधिवेशन एवम् ३० औं वार्षिक साधारण सभामा उनिहरू चयन भएका हुन् ।

अन्य पदमा पछी मनोनय गरिने जेसिआई व्यासनगरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *