दरै समाज दुम्सीले जित्यो प्रथम राष्ट्रिय दरै कपको उपाधि

Byखवरबाटिका

२० माघ २०८०, शनिबार १९:४१ २० माघ २०८०, शनिबार १९:४१ २० माघ २०८०, शनिबार १९:४१

दमौली । प्रथम राष्ट्रिय दरै कप सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि दुम्सी दरै समाजले जितेको छ । दमौलीको विपी वनवाटिका खेलमैदानमा भएको फाइनल खेलमा आयोजक दरै समाज तनहुँलाई ५-४ गोलले पराजित गर्दै दरै कपको उपाधि जितेको हो ।

दरै समाज तनहुँद्धारा आयोजित प्रतियोगिताको उपाधिसँगै दरै समाज दुम्सी एकाईले १ लाख १ हजार १११ हात पारेको छ भने आयोजक दरै समाज तनहुँले नगद रु ५१ हजार १५१ मा चित्त बुझायो । खेलमा सर्वोत्कृष्ट खेलाडी दरै समाज तनहुँका पदम दरै भएका छन् ।

विभिन्न जिल्लाका २३ टिमको सहभागिता रहेको प्रतियोगितामा खेल अवधिभर ५ गोल गर्दै सर्वाधिक गोलकर्ता दुम्सी दरै समाज एकाई सनम दरै, उत्कृष्ट गोल किपर र म्यान अफ दी म्याच दुम्सी दरै समाज एकाईकै सुरज दरै घोषित घोषित भए ।

उक्त प्रतियोगिताको विजेताहरुलाई व्यास नगरपालिका नगर प्रमुख वैकुण्ठ न्यौपानेले पुरस्कार प्रदान गरे।

प्रतियोगितामा तनहुँ, चितवन, नवलपुर, गोरखा, धादिङ र पाल्पाका दरै समुदायका खेलाडीको सहभागिता रहेको छ । नेपालका १३ जिल्लामा दरै समुदायको बसोबास रहेकामा करिब २० हजार जनसङ्ख्या छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *