पार्टी भित्र बृहत्तर एकता आवश्यक : कांग्रेस महामन्त्री थापा

Byखवरबाटिका

२४ चैत्र २०८१, सोमबार २१:३९ २४ चैत्र २०८१, सोमबार २१:३९ २४ चैत्र २०८१, सोमबार २१:३९

दमौली । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी भित्र बृहत्तर एकता आवश्यक बताएका छन् । तनहुँको दमौलीमा सोमबार नेपाल तरुण दल जिल्ला कार्य समिति तनहुँको आयोजनामा भएको “तरुण यात्रा’ पुस्तक विमोचन एवं प्रशिक्षण कार्यक्रममा महामन्त्री थापाले अहिलेको जटिल अवस्थामा सबै एकजुट हुनुपर्ने बताएका हुन्।

संघीयता, लोकतन्त्र र गणतन्त्रात्मक संविधान बनेकाले यसलाई कार्यान्वयन गरेर जनताको अवस्था बदल्ने कुरामा नै ध्यान दिनुपर्ने महामन्त्री थापाको भनाइ थियो ।

कांग्रेसको महाधिवेशन २०८४ अगाडि नै हुने महामन्त्री थापाले बताए । उनले भने ‘पार्टिको महाधिवेशन समय मै हुन्छ ।’ विभिन्न बहानामा पार्टीको महाधिवेशन धकेल्ने खेल भएपनि कानुनी हिसाबले स्थानीय तहको निर्वाचन अगाडि नै पार्टीको महाधिवेशन हुने महामन्त्री थापाले बताए ।

‘संविधान, कानुन र पार्टीको विधानअनुसार नै २०८४ सालको चुनावभन्दा अघि नै पार्टीको महाधिवेशन हुन्छ,’ उनले भने, ‘कसैले चुनाव पछि हुन्छ भन्यो भने त्यो विधिविपरीत, संविधान र कानुनविपरीत हुन्छ।’

नेपाली कांग्रेसको अधिवेशन सार्न पाइदैन, कांग्रेस अर्को पार्टी संग मिलेर नयाँ पार्टी बनाउन पाइयो तर कांग्रेस पार्टीको अधिवेशन सार्न नपाइने महामन्त्री थापाले बताए ।

‘महाधिवेशन समय मै गर्न सबै नेताले आ-आफ्नो निर्वाचन क्षेत्रमा गएर क्रियाशील सदस्य रिन्यु गराइदिए पुग्छ ।’ महामन्त्री थापाले भने ‘क्रियाशील रिन्युको काम यहि चैत मसान्त भित्र पठाउनुपर्नेछ ।’

पार्टीको महाधिवेशन २०८३ सालको मङ्सिर भित्र नै हुने महामन्त्री थापाको भनाई थियो । ‘कांग्रेसले अरु पार्टी संग मिसाएर महाधिवेशन धकेल्छु भन्ने हो भने कांग्रेसको झण्डा र चुनाव चिन्ह लिन पाइन्न ।’ महामन्त्री थापाले भने ‘महाधिवेशन समयमै हुनुपर्छ ।’

२०८४ सालको वैशाखमा स्थानीय तहको चुनाव हुने भएकाले जति सक्दो चाडो अधिवेशन गर्नुपर्ने महामन्त्री थापाले बताए । उनले भने ‘अधिवेशनको तुष स्थानीय निर्वाचन नरहोस भन्ने हो ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *