बन्दीपुर केवलकारले ३ जना पत्रकारहरुलाई सम्मान सहित पुरस्कृत गर्ने

Byखवरबाटिका

२४ चैत्र २०८१, सोमबार १९:०३ २४ चैत्र २०८१, सोमबार १९:०३ २४ चैत्र २०८१, सोमबार १९:०३

बन्दीपुर । पहाडकी रानी उपमाले परिचित पर्यटकिय ग्राम बन्दीपुरमा संंचालित बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले तनहुँ जिल्लाको पर्यटन प्रवद्र्धनको विकास र उद्यमशिलता र पर्यावरणको क्षेत्रमा कलम चलाई योगदान गर्ने ३ जना पत्रकारहरुलाई सम्मान गर्ने भएको छ ।

कम्पनीको आगामी २०८२ साल वैशाख ६ गते शनिवारका दिन आयोजना गरिएको साधारणसभामा सम्मान गर्ने भएको हो । छनौट समितिबाट छनोट भएका ३ जना पत्रकारहरुलाई जनही नगद रु ५१ हजारका दरले पुरस्कारको राशी र दोसल्ला एवं सम्मानपत्रले सम्मान गरिने भएको कम्पनीका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए ।

उद्यमशीलताको क्षेत्रमा कलम चलाएका पत्रकारहरुको छनोट गर्नका लागि पत्रकार एवं कम्पनीका संचालक तारानाथ उपाध्ययको संयोजकत्वमा ३ सदस्यीय पुरस्कार छनौट समिति गठन गरिएको कम्पनीले जनाएको छ ।

समितिले छनौटको मापदण्ड पुरा गरि पुरस्कृत गर्न योग्य पत्रकारहरुको छनौट गरी कम्पनीको बोर्ड समक्ष सिफारिस गर्ने कार्यतालिका रहेको संयोजक तारानाथ उपाध्ययले बताए ।

कम्पनीले प्रत्यक साधारण सभाको अवसरमा पत्रकारहरुलाई सम्मान गदै आईरहेको छ । उद्यमशीलता नै समाजको असली पहरेदार एवं प्रगतिको चालक हो र यसकाे लागि पत्रकारको कलमले थप सम्मान पाएको अनभुत गर्न पाउन भन्ने उदेश्यले निरन्तर सम्मान गर्ने गरेको कम्पनीका अध्यक्ष शर्माले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *